चोरिनिकासीको सूचना भन्सार प्रमुखको मोवाईल नम्बर ९८५८०२९४४४ मा दिन सकिने


नेपालगन्ज : अब जोकोहीले चोरिनिकासी तथा पैठारी जस्ता कार्यहरु भएको सूचना सिधै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई दिन सक्ने भएका
छन् । नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाको मोवाईल नम्बर ९८५८०२९४४४ मा खबर गर्न सकिने हो हो ।

चोरिनिकासी पैठारी जस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई सजायको भागिदार बनाउँन सूचना दिने बानि बसालौ भन्सार ऐनमा त्यस्तो सूचना दिने व्यक्तिलाई उक्त मालबस्तुबाट असुल भएको राजस्वको दश प्रतिशत कमिसन वा पुरस्कार दिने व्यवस्था समेत गरेको छ । त्यस्ता व्यक्तिको नाम तथा सूचना अति गोप्य राखिने प्रमुख भन्सार अधिकृत निरौलाले बताए । कानुनको परिपालना गरि बैधानिक व्यापार व्यवसाय गरौं त्यस्तो बैधानिक व्यापारलाई हर तरहको सहयोग गर्न भन्सार प्रशासन तयार भएको र बैधानिक व्यापारलाई सहजिकरण गर्ने विश्वव्यपी नीति रहनाका साथै नेपाल सरकार लगायत राजस्व प्रशासनको नीति रहेको उनले बताए ।


प्रकाशित मितिः     २० माघ २०७५, आईतवार ०७:४५  |
error: Content is protected !!