बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा सोमबार बिहान यहाँका उद्योगी, व्यवसायीहरुले बैंक तथा बित्तियक्षेत्रले लगाएको चर्को ब्याजदरका बिरुद्ध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँके मार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैंक नेपालगन्ज मार्फत गर्भनरलाई उत्पादनमूलक उद्योगीहरुलाई प्रवाह भएको ऋणमा प्रकृति हेरी अधिकतम ७ प्रतिशतसम्म र व्यवसायिक क्षेत्रमा ८ प्रतिशतमा नबढाई ब्यादजर कायम गर्न माग गरेका छन् । त्यस्तै संघले बैंकले प्रवाह गर्ने कजौमा कम्तीमा ५० प्रतिशत उत्पादन मूलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गर्न माग गरेको छ ।
संघको कार्यालय त्रिभुवनचोकबाट सुरु भएको ¥याली धम्बोझीचोकस्थित नेपाल राष्ट्र बैंक, पुगेर नेपालगन्ज कार्यालयका निर्देशक बिमलराज खनाललाई ज्ञापनपत्र बुझाएको थियो । संघका अध्यक्ष नन्दलाल बैश्यले ज्ञापनपत्र बुझाउँदै बैंकको नियमन गर्ने निकायबाट ब्यादजर नियन्त्रण गर्ने अपेक्षा गरेको बताए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले ब्यादजर बृद्धिले नीजि क्षेत्र डुब्ने अवस्थामा आएको बताए ।
राष्ट्र बैं मार्फत गर्भनरलाई ज्ञापनपत्र बुझाएपछि संघले जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाए । सो क्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले चर्को ब्यादजरका कारण ब्यापार, व्यवसायी ठप्प भएको भन्दै यस्तै अवस्था रहे सडक आनदोलन हुनेसम्मको चेतावनी दिए ।