नेपालगन्जमा काँग्रेसको बिरोध प्रदर्शन


नेपालगन्ज : सरकारको बिरोधमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बाँकेमा विरोध प्रदर्शन गरेको छ । केहीबेर अघि पार्टी कार्यालयबाट बिरोध प्रदर्शन सुरु भएको हो । ओली नेतृत्व सरकारको ११ महिना वितिसक्दा पनि राष्ट्र र जनताप्रति जिम्मेवार ढगले दायित्व निर्वाह नगरेको नेपाली काँग्रेस बाँकेकी सभापती किरण कोइरालाले बताईन् ।

उनले पत्रकारसंग कुरा गर्दै भनिन्–‘देशमा दण्डहीनता बढेकोछ, बलात्कारका घटना बढेकोछ, महंगी, भ्रष्टाचार लगायत विकासको कामले गति लिन सकेकोछैन, सरकार गैरजिम्मेवारढंकबाट अधिनायकबादतर्फ उन्मुख भइरहेकोछ ।’ सभापती कोइरालाले ‘सत्तासिन सरकारले प्रतिपक्षलाई कमजोर सोचेर मनोमानि ढंगबाट अघि बढिरहेकोछ, समयमै सचेत नभए सरकारलाई नै नोक्सन हुने चेतावनी समेत दिइन् ।’

प्रकाशित मितिः     २१ माघ २०७५, सोमबार १३:२८  |