कर्णाली प्रदेशका सांसद ठम्मर बिष्टसंग समृद्धिका कुरा


कर्णाली प्रदेशका प्रदेश सांसद ठम्मर बिष्ट ।

बिष्टको निर्वाचन क्षेत्र अन्र्तगत गुर्भाकोट र सिम्ता गरी दुई स्थानीय तह पर्छन । यि दुई स्थानीय तहका आमनागरिकलाई भर्खर बामे सर्दे गरेको प्रदेश संरचनाको अनुभुती गराउन ठम्मर निरन्तर गाउँ गइरहन्छन् । त्यहाँका
जनतासंग भलाकुसारी गर्छन । पिरमर्का सुन्छन् ।


प्रदेश सरकारबाट जनताले के पाए ? के जनतालाई प्रदेश सरकारको अनुभुती भएको छ ? पहिलो पटक बनेको संघीय संरचना अन्र्तगतको प्रदेश सरकार माझ यस्ता प्रश्न उठ्नु अन्यथा मान्दैनन, कर्णाली प्रदेशका सांसद ठम्मर बिष्ट । उनी भन्छन्,–‘आन्दोलनमा लाग्दा नेतादेखि जनतासम्मलाई सरकार बनेपछि सबै समस्या हल हुन्छ भन्ने लाग्थ्यो । तर त्यस्तो नहुँदो
रहेछ । विधि र प्रक्रिया बनाएर अगाडी बढ्दा समय लाग्ने देखियो ।’ माओवादीआन्दोलनबाट उदय भएका युवा नेता बिष्ट सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर १ “क” बाट निर्वाचित प्रदेश सांसद हुन ।

बिष्टको निर्वाचन क्षेत्र अन्र्तगत गुर्भाकोट र सिम्ता गरी दुई स्थानीय तह पर्छन । यि दुई स्थानीय तहका आमनागरिकलाई भर्खर बामे सर्दे गरेको प्रदेश संरचनाको अनुभुती गराउन ठम्मर निरन्तर गाउँ गइरहन्छन् । त्यहाँका जनतासंग भलाकुसारी गर्छन । पिरमर्का सुन्छन् । केन्द्र देखि प्रदेश सरकार उनकै पार्टीको  छ । जनताका असीमित आंकाक्षा सरकारबाट पुरा नहुँदाका आक्रोस गाउँ गएका बेला बिष्टले पनि खेप्नुपर्छ । ‘जनताका आंकाक्षाहरु थुप्रै छन् । हामीले त्यस्ता आंकाक्षा पुरा नगर्दा गुनासा आउँछन् ।’ सांसद बिष्टले भने,–‘ यस्ता गुनासालाई अन्यथा लिएका छैनौं । भित्री मनबाटै मनन् गरेका छौं । जतिसक्यो छिटो ती आंकाक्षा पुरा गर्नेतिर लागेका छौं ।’


गुर्भाकोट र सिम्ताक्षेत्रमा विकासका धेरै सम्भावना छन् । विकासका कामहरु धेरै गर्न पनि बाँकी छ । ‘यो क्षेत्र भेरी करिडोरसंग पनि जोडिएकाले विकासको प्रचुर सम्भावना देखेको छु । डोल्पा नाकाको जुन कुरा भइरहेको छ, त्यो चाइनासंग जोडिन्छ । नेपालगन्जको जमुनाह नाका हुँदै सुर्खेतको छिन्चु, गुर्भाकोट, डोल्पा हुँदै चाइना जोड्न सकिन्छ ।’–बिष्टले भने ।



सरकारको काम गराई र जनताका आंकाक्षाबीच रहेको अन्तरबिरोध धेरे बर्ष नरहने बिश्वसामा छन्, सांसद बिष्ट । ‘पहिलो वर्ष त प्रदेश सरकारलाई कानुन बनाउनै ठिक्क छ । चाहेर पनि धेरै काम गर्न सकिएको छैन ’– बिष्ट भन्छन्,–‘तर आउने वर्ष अहिलेको जस्तो हुँदैन । योजनाबद्ध विकासका कामहरु आमनागरिकले देख्न पाउनुहुनेछ ।’ प्रदेश सरकारले पहिलो बजेट कार्यान्वयनको प्रक्रियामा छ । प्रदेशका सात मध्ये ५ वटा मन्त्रालय विकाससंग जोडिएका छन् । त्यससंग जोडिएका प्राविधिकहरु गाउँ गाउँमा पुगेको सांसद ठम्मर बिष्ट बताउँछन् । उनी भन्छन्,–‘ शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, आर्थिक, भौतिक सबै मन्त्रालय अन्र्तगतका सबै कामहरु तल्लो तहसम्म पुग्दैछ । प्रदेश संरचना कार्यान्वयनको चरणमा भएको, कानुन बन्दै गरेको र अनुभवको कमीले गर्दा पनि होेला हामी जति योजनाबद्ध तरिकाले अगाडी बढ्नुपथ्र्यो त्यसरी जान सकिएको छैन ।’

खासगरी विकासका पुर्वाधारले गाउँका सम्पूर्ण नागरिकलाई छुने कामलाई प्राथमिकता दिईएको छ । बाटो, बिजुली, खानेपानी जस्ता जुन नभई नहुने कुरा हुन, त्यसलाई प्राथमिकता दिएर अगाडी बढेको अवस्था छ । रोजगार पनि हाम्रो प्रमुख प्राथमिकता भित्र छ । कुन माध्यमबाट रोजगारी सिर्जना गर्न सकिन्छ ? त्यसलाई अगाडी बढाइरहेको सांसद बिष्ट बताउँछन् । उनी भन्छन्, –‘कृषी हुन सक्छ वा पर्यटन । यि माध्यमबाट बढि भन्दा बढि नागरिकहरुलाई कसरी रोजगारयुक्त बनाउन सकिन्छ भनेर छलफल र बहस गरेका छौं । कति योजना अहिले परेका छन् त कति योजना आगामी जेठमा आउने बजेटले पुरा गर्छ ।’
गुर्भाकोट र सिम्ताक्षेत्रमा विकासका धेरै सम्भावना छन् । विकासका कामहरु धेरै गर्न पनि बाँकी छ । ‘यो क्षेत्र भेरी करिडोरसंग पनि जोडिएकाले विकासको प्रचुर सम्भावना देखेको छु । डोल्पा नाकाको जुन कुरा भइरहेको छ, त्यो चाइनासंग जोडिन्छ । नेपालगन्जको जमुनाह नाका हुँदै सुर्खेतको छिन्चु, गुर्भाकोट, डोल्पा हुँदै चाइना जोड्न सकिन्छ ।’–बिष्टले भने ।
सांसद बिष्टले प्रतिनिधित्व क्षेत्रमा २३ वडा छन् । यि क्षेत्रमा सबैभन्दा महत्वपुर्ण कुरा राष्ट्रिय गौरबको भेरी डाईभर्सन बन्दै छ । जसले प्रदेश नम्बर ५ को बाँके, बर्दियालार्य सिचाईका साथै झलमल बिजुली बाल्न योगदान दिदैछ । यसले गुर्भाकोट र सिम्ताको विकासको ढोका खोल्ने निश्चित छ । बिष्ट भन्छन्,–‘दुई ढाई वर्षमा काम सकिएपछि त्यसबाट बन्ने जलासयबाट पर्यटन, माछापालनका रुपमा विकास गर्न सकिन्छ ।’ सांसद बिष्ट अबका केही वर्षमै आमनागरिकले परिवर्तनको अनुभुती गर्न पाउने बताए ।

प्रकाशित मितिः     २१ माघ २०७५, सोमबार १६:५५  |
error: Content is protected !!