नेपालगन्ज : भारतबाट अवैधरुपमा ल्याईएको लाखौं मुल्यको सामान राख्ने नेपालगन्ज वडा नम्बर २ स्थित एक गोदाम घरमा वडा प्रहरी कार्यालय नेपालगन्ज र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले मंगलबार राती ८ बजेतिर छापामारेको हो ।
प्रहरी र राजश्व अनुसन्धानको संयुक्त टोलीले ठूलो परिमामाणमा खाद्य बस्तु सहित कपडा बरामद गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डाँगीका अनुसार दुई सय बोरा भन्दा बढि चामल र चेक सट ४ सय बीस, पेलेन सट ८० थान, सेन्डो १ हजार ४ सय ४० र अण्डरवियर २७ प्याकेट बरामद गरिएको छ । सामानहरु अझै गणना भइरहेकाले संख्या बढ्न सक्छ।
सरिफ सिद्दिकीले सञ्चालन गरेको स्वस्तिक टे«डर्सको नाममा दर्ता भएको उक्त कम्पनीले राजश्व छली गरि नक्कली चामल विक्रि वितरण गर्दै आएको अनुसन्धानबाट देखिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डाँगीले गोदाम सन्चालक व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको बताए ।