प्रदेश विकास परिषदको पहिलो बैठक बुटवलमा सुरु


नेपालगन्ज : प्रदेश नं ५ मा प्रदेश बिकास परिषदको पहिलो बैठक बुधवार बिहान अस्थायी राजधानी बुटवलमा सुरु भएको छ । पहिलो पटकमा प्रदेशका मुख्यमन्त्री एवं परिषद अध्यक्ष शंकर पोख्रेलले परिषद गठनको औचित्य बारे प्रकाश पारे ।

उक्त बैठक साँझ चार बजेसम्म सन्चालन हुने र समग्र प्रदेशको विकासको रुपरेखाका बारेमा बिस्तृत छलफल हुने परिषद सदस्य एवं नेपालगन्जका सामाजशास्त्री डा जनार्दन आचार्यले जानकारी दिए । नेपालगन्जबाट डा आचार्य सहित नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवल शमसेर राणा, नेपालगन्ज उदोग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य सदस्य छन् ।

देश मन्त्रि परिषदको वैठकले मुख्यमन्त्रि शंकर पोखरेलको संयोजकत्वमा बिकास परिषद गठन गर्ने निणर्य गरेको थियो । मुख्यमन्त्रि संयोजक रहने उक्त परिषदमा समाजमा विशिष्ट योगदान पुराएको व्यक्तिहरुलाई सदस्यमा प्रदेश सरकारले मनोनित गर्ने छ भने पदेन सदस्य सहित परिषद सदस्यको संख्या ६० भन्दा वढि हुने छ ।

प्रदेश सरकारका मन्त्रिहरु, प्रदेश सरकारको मुखय सचिव, मन्त्रालयका सचिवहरु, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका बिभिन्न समितिका सभापतिहरु, प्रदेश योजना आयोगको उपाध्यक्ष र सदस्यहरु, जिल्ला समन्वय परिषदका सभापतिहरु पदेश सदस्य रहने छन । त्यसै गरी प्रदेश ५ भित्र रहेका १ सय ९ स्थानिय तहका प्रमुख÷ अध्यक्षबाटबाट प्रतिनिधित्व १५ जना सदस्यहरुले गर्ने छ । राष्ट्यि जिवनमा बिशिष्ट योगदान पुर्याएका २५ जनालाई प्रदेश सरकारले सदस्यमा मनोनित गर्ने छ । परिषदले प्रदेशको योजना आयोगले तयार पारेको दिर्घकालिन वा आवधिक विकास निति वा योजनामा छलफल गरी मार्ग दर्शन गर्ने छ ।

प्रकाशित मितिः     २३ माघ २०७५, बुधबार १०:५६  |