नेपालगन्ज : सेवाग्राहीबाट घरको आवाधिक रुख कटानका लागि कागजपत्र मिलाईदिने भन्दै रकम लिएर भागबण्डा गरिरहेको अवस्थामा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय नेपालगन्जमा कार्यरत चार जना कर्मचारीलाई घुष सहित रंगेहात नियन्त्रणमा लिएकोछ ।
अख्तियारले नेपालगन्जको सुर्खेतरोड स्थित स्नेहा होटल अगाडीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपायोग अनुसन्धान आयोग, नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार सेवाग्राहीबाट चारजनाले १० हजार रुपैयाँ लिएका छन् । उक्त रकम चारजनाले बाँडिरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको प्रमुख गैरेले भने–‘पक्राउ परेका चारैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएकोछ । यसरी घुससहित पक्राउ पर्नेमा रेन्जर जगबिर केसी, फरेस्टर बहादुर केसी, केसवबहादुर ओली र वन रक्षक हरिबहादुर चन्द रहेकाछन् ।’