‘मौसम खरावीका कारणले अहिले सम्म सुर्खेतबाट कतैपनि उडान गर्न सकिएको छैन ।’ उनले भने,‘सम्भवत मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ ।’ यहाँमात्रै नभएर नेपालगञ्जबाट हुने उडान समेत प्रभावित बनेको खवर छ।’

सुर्खेत र नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित बनेको उनले बताए । कर्णालीको राजधानी सुर्खेत र नेपालगञ्बाट कर्णालीको हुम्ला, डोल्पा लगायतका जिल्लामा हवाई सेवा प्रभावित बनेको हो ।


नेपालगन्ज : हिमपातका कारण कर्णाली प्रदेश भित्रिने र बाहिरीने हवाई सेवा अवरुद्ध बनेको छ । प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुने उडान प्रभावित बनेको सुर्खेत नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार पन्तले जानकारी दिए।