नेपालगन्ज : बिहिवार साँझ घोराही लमही सडकखण्डमा भएको सवारी दुर्घटनामा रुकुम पश्चिम खलंगाकी २७ वर्षिया रमिता शर्माले ज्यान गुमाउनुप¥यो । उक्त दुर्घटनामा गम्भीर घाइते प्रदेश ५ का सांसद उत्तर कुमार ओलीको कोहलपुरमा उपचार भइरहेको छ ।
दाङ्गको घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको कारलाई ठक्कर दि)दा उक्त दुर्घटना भएको थियो । यस्तो कहाली लाग्दा दुर्घटना देशकै मुख्यराजमार्गमा दैनिक जसो हुन थालेका छन् । अझ प्रदेश नम्बर ५ अन्र्तगत पर्ने मुख्य राजमार्ग क्षेत्रमा सवारीमा चढ्नेलाई ज्यान जोगाउनै मुस्किल पर्न थालेको
छ ।
५ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार साउनदेखि पुस महिनासम्म प्रदेशभर १४ सय ९१ वटा सवारी दुर्घटना भए । ती दुर्घटनामा ३ सय २९ जनाले ज्यान गुमाउनु¥यो भने २६ सय ८६ जना घाइते भएका थिए । धेरैजसो दुर्घटनाहरु मुख्यराजमार्ग क्षेत्रमै भएका छन् । मुख्यराजमार्ग क्षेत्रमा भएका दुर्घटनामा धेरैले ज्यान गुमाउनुपरेको छ ।
चालकको लापरवाही दुर्घटनाको मुद्यय कारण मानिएको प्रहरी रिर्पोटले देखाउँछ । प्रहरीका अनुसार चालकको लापरवाहीका कारण ७ सय ७६ वटा दुर्घटना भएका छन् । यात्रुको गल्तिले ३५, ओभरटेक १७, तिब्र गति ५ सय ७७, मापसे ११, मोवाईलफोन १, ओभरलोड ३, चौपाय १४ यन्त्रिक गडबढी ३७, सडकको कारण १५ र वातावारणको कारण ५ वटा दुर्घटना भएका थिए ।
५ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजि पिताम्बर अधिकारीले मुख्यराजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना नियन्त्रण चुनौतीपुर्ण बनेको बताएका छन् । उनले त्यसक्षेत्रमा हुने दुर्घटना रोक्नका बिशेष अभियान नै चलाइने जानकारी दिदै भने,–‘हाम्रो प्रदेश अन्तर्गत पर्ने राजमार्गक्षेत्रमा सिसिटिभी लगाउनेदेखि अन्य धेरै उपाय अबलम्बन गर्ने योजना बनाएका छौं । ’