बाँके : पोखरामा पक्राउ परेका नेताहरुको रिहाईको माग गर्दै नेपाल बिद्यार्थी संघ, बाँकेले शुक्रबार नेपालगन्जमा चलेका सवारीसधान रोकेको छ । बिपिचोकमा जम्मा भएका संघ आवद्ध बिद्यार्थीहरुले दिउँसोसम्म आधा दर्जन सरकारी गाडी रोकेर साँचो नियन्त्रणमा लिएका छन् ।
बिद्यार्थीहरुले कार्यालयकै काममा लागि चलेका गाडी रोकेपछि सरकारी कामकाज प्रभावित भएको छ । संघले भोली शनिबार पनि गाडी नियन्त्रणमा लिने बताएको छ ।
