बाँके : प्रदेश नम्बर ५ शिक्षा विकास निर्देशनालय बुटवलले उच्च शिक्षा अध्ययन गर्ने डोम, मुसहर, चमार र अपागंता भएका विद्यार्थीका लागि छात्रबृत्ति सम्बन्धी सूचना जारी गरेको छ । प्रदेशभरका ती समुदायका विद्यार्थील छात्रबृत्तिका लागि शिक्षा विकास निर्देशनालय वा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समन्वय इकाईमा फागुण २० गतेसम्म निवेदन दिन सक्ने छन् ।
