टेलिकम्यूनिकेशन डिलर्स एशोसियशनको केन्द्रीय अध्यक्षमा नेपालगन्जका दिपेन्द्र बिष्ट


नेपालगन्ज :  टेलिकम्यूनिकेशन डिलर्स एशोसियशन अफ नेपालको केन्द्रीय अध्यक्षमा नेपालगन्ज दिपेन्द्र बिष्ट चयन भएका छन् । सातौ बार्षिक साधारणसभाबाट विष्ट केन्द्रीय अध्यक्षमा चएन भएका हुन ।
शुक्रवार काठमाण्डौमा सम्पन्न भेलाले बिष्टको अध्यक्षतामा ७ सदस्य समिति गठन गरेको हो । जसको उपाध्यक्षमा अरुण कुमार बस्नेत , सचिवमा बद्रि प्रसाद दवाडी ,कोषाध्यक्ष महेन्द्र राज तुलाधर चयन भएका छन् ।
सदस्यमा ज्योति लामा , अब्दुल हुसेन नुरी ,प्रजन्य बिक्रम पोख्रेल रहेको अध्यक्ष बिष्टले जानकारी दिए । एसोसियसनले टेलि कम्युनिकेसन व्यावसायिहरुको हितमा काम गदै आएको बताउद बिष्टले अव संस्था लाई प्रादेशिक संरचनमा बिस्तार गर्ने तयारी भई रहेको जानकारी दिए ।


प्रकाशित मितिः     २६ माघ २०७५, शनिबार १८:४५  |
error: Content is protected !!