पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाद्धारा वनभोज तथा सम्मान कार्यक्रम आयोजना


बाँके :  पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाले शनिबार वनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कोहलपुरको पर्यटकियक्षेत्र खड्गबारमा आयोजना गरिएको कार्यक्रममा हालै सम्पन्न भएको महासंघको पाँचौ केन्द्रीय निर्वाचन, प्रथम प्रदेश कमिटीमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
महासंघ बाँके शाखाको तर्फबाट अध्यक्ष सालिक सुवेदीले महासंघको ५ नम्बर प्रदेश अध्यक्ष बसन्त लामिछाने, केन्द्रीय सहकोषाध्यक्ष कमल नेपाल, महासंघ प्रदेश उपाध्यक्ष चन्द्रमणी पौडेल, केन्द्रीय सदस्य बुद्धिप्रसाद अधिकारी, प्रदेश ५ का लागि केन्द्रीय सदस्य हेमराज पौडेल, कर्णाली प्रदेशका लागि केन्द्रीय सदस्य उदिराम डाँगी, महासंघ प्रदेश सदस्य दिपक भुषाल, कृष्ण ज्ञवाली, अशरफ खान, प्रदेश लेखा समिित सदस्य गोकुल ढकाललाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा सम्मानित महासंघका पदाधिकारीहरुले व्यवसायिक हकहितका बिषयमा बोलेका थिए । महासंघ बाँकेका अध्यक्ष सालिक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव प्रदिप सापकोटाले गरेका थिए । स्वागत मन्त्व्य प्रथम उपाध्यक्ष मन्दिरा पाण्डेले गरेकी थिईन ।

प्रकाशित मितिः     २६ माघ २०७५, शनिबार १९:१३  |