कम्पनी रजिष्ट्रार कार्यालयको शाखा नेपालगन्जमै खोल्न पहल चाहियो


बाँके : कम्पनी रजिष्ट्रार कार्यालयको शाखा नेपालगन्जमै सन्चालनमा ल्याउनका लागि पहलको आवश्यकता देखिएको छ । २०७१ सालमा नेपालगन्जमै कम्पनी रजिष्ट्रार कार्यालयको शाखा सञ्चालनमा ल्याउने निर्णय भएको थियो । तर चार वर्ष बितिसक्दा समेत सरकारले यहाँ कम्पनी रजिष्ट्रार खोल्ने त परै जाओस कुनै सुरसार गरेको छैन । शाखा खोल्ने निर्णयपछि संघकै कार्यालयमा अफिस राख्नेदेखि कर्मचारी व्यवस्थापन गर्नेसम्मको काम भएको थियो । त्यसबेला काठमाण्डौंबाट कर्मचारी निरन्तर आइरहन्थे । तर पछि त्यसै सेलाएको सिजापतिले बताए ।
तत्कालिन उद्योग मन्त्रालयले राजधानीमा रहेको कम्पनी रजिस्ट्रारको कार्यालयलाई काठमाडौं बाहिर नेपालगन्जसंगै विराटनगर, वीरगन्ज, बुटवल र धनगढीमा कार्यालय स्थापना गर्ने सरकारी निर्णय एक महिनाभित्रै कार्यान्वयन हुने भनिएको थियो ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले कम्पनी रजिष्ट्रार कार्यालयको शाखा नेपालगन्जमा स्थापना गर्न फेरी पनि दबाब आवश्यक रहेको बताए । तयसका लागि आफुले गर्न सक्ने सबै काम गर्ने पनि उनले जानकारी दिए । श्रेष्ठकै पालामा यहाँ कम्पनी रजिष्ट्रार कार्यालयको शाखा स्थापनाका लागि धेरै प्रगति भएको थियो ।


प्रकाशित मितिः     २७ माघ २०७५, आईतवार १२:०६  |
error: Content is protected !!