पुस्तक दिवशमा तीन सय बढि बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण


नेपालगन्ज :  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेले पुस्तक दिवश तथा बसन्त पन्चमीको अवसरमा पुस्तक तथा शैक्षिक सामाग्री बितरण गरेको छ । श्री मावि लग्दहवा कारँकादोका तीन सय बढि विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालयलाई खेल सामाग्री बितरण गरिएको सचिव प्रदिप सापकोटाले जानकारी दिए ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका प्रदेश अध्यक्ष बसन्त लामिछाने, महासंघका केन्द्रीय सदस्य बुद्धिप्रसाद लामिछाने, प्रदेश ५ का लागि केन्द्रीय सदस्य हेमराज पौडेल, प्रदेश सदस्य अशरफ शेष, वडा अध्यक्ष दिपक बर्मा, स्रोत व्यक्ति केशव पौडेल लगायतको सहभागिता थियो । सो अवसरमा इलाईब्रेरीका लगि जग्गाको व्यवस्था गरिदिन आग्रह गरिएको थियो । महासंघले बाँकेमा इलाईब्रेरी बनाउने योजना बनाएको छ । पुस्तक बितरण कार्यक्रमको अध्यक्षता अध्यक्ष सालिक सुवेदीले गरेका थिए । स्वागत मन्तव्य प्रथम उपाध्यक्ष मन्दिरा पाण्डेले र सन्चालन सचिव प्रदिप सापकोटाले गरेका थिए ।


प्रकाशित मितिः     २७ माघ २०७५, आईतवार १८:५८  |
error: Content is protected !!