सात अर्वको विकास योजना चल्दै मन्त्री राईको निर्वाचनक्षेत्रमा


नेपालगन्ज :  शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले चालू आर्थिक बर्षमा आफ्नो निर्वाचनक्षेत्र नेपालगन्जको विकासमा रु सात अर्वका बिभिन्न योजना पारेका छन् । उक्त रकम कृषिक्षेत्रको विकासदेखि शहरीकरणसम्मका काममा खर्च भइरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका १५ स्थित हनुमान निमावि स्कुलमा आयोजित सरस्वती पुजा कार्यक्रममा मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा गरी रु ७ अर्वको काम भइरहेको जानकारी दिए । सरस्वती पुजा कार्यक्रममा बोल्दै मन्त्री राईले अवको चार बर्षमा नेपालगन्जमा विकासका लागि रकमको अभाव नहुने बरु छनौट के गर्ने भन्ने अन्यौल हुन सक्ने बताए ।


रु सात अर्वमा हिरिमिनियामा कोल्ड स्टोर, जमुना हिरमिनिया सडक कालोपत्रे, दर्जनौ मन्दिर, मस्जिद, खेलकुद मैदान, गुरुद्धाराको मर्मत सम्भार र काम हुने बताए । यस्तै मन्त्री राईले बाल उद्यान, पार्क, पिकनिक, चिडियाखाना, सभा हल, वाटरपार्कमा उद्यान बन्दै गरेको बताए ।
नेपालगन्ज र डुडुवामा केन्द्रिय बजेटमार्फत दुई सय करोड र सघन शहरी विकास कार्यक्रम अन्तर्गत एडिबीको लगानीमा ५ सय करोडको काम भैईरहेको भन्दै । यस्तै राजधानीबाहिर पछि पहिलो पटक भेरी अञ्चल अस्पताल नेपालगन्ज एसीसहितको ५ सय शैयाको बेड निर्माणको चरणमा रहेको बताए ।

उपत्यकापछि पहिलो एसीसहितको निः शूल्क बेड पाउने यो पहिलो अस्पताल हुने मन्त्री राईले बताए । गुह जिल्ला नेपालगन्ज आउनुभएका मन्त्री राईले हनुमान निमावि स्कुल जमुनाहमा सरस्वती पुजा गरे । यस्तै डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिका सबै वडाहरुमा सुविधासम्पन्न स्वास्थ्य चौकीको काम भइरहेको मन्त्री राईले बताए । मन्त्री राईले हनुमान निवामावि स्कुल जमुनाह नेपालगन्जमा सरस्वती पुजा गरे । बाँके जिल्लाको समग्र विकासमा धार्मिक, जातीय, भाषीक र सामाजिक विभेदविना काम भैईरहेको मन्त्री राईको भनाई थियो ।

प्रकाशित मितिः     २७ माघ २०७५, आईतवार १७:३४  |
error: Content is protected !!