नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेमा तपाईले राहादानीका लागि दिएको निवेदन स्वीकृत भयो की भएन भन्ने जान्नका लागि कार्यालयमै धाउनुपर्दैन । त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेको सामाजिक सन्जाल फेसबुक पेजमा हेरे पुग्छ । उक्त फेसबुक पेजमा राहादानी आयोकी आएन । राहादानी स्वीकृत भयोकी भएन भन्ने सबै जानकारी उल्लेख हुन्छ ।
राहादानी मात्र होइन सार्वजनिक महत्वका हरेक बिषयहरु यतिबेला जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक पेजमा सेवाग्राहीले हेर्न पाइरहेका छन् । जिल्ला प्रशासन कार्यालयका महत्वपुर्ण निर्देशन, जानकारीहरु घरमै बसिबसी हेर्न सकिन्छ । जिल्लाको कानुन कार्यान्वयनको जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालय सूचना प्रविधिका क्षेत्रमा सशक्त बन्दै गएको उदाहरण हो । सूचना प्रविधिका विकासलाई उपयोग गर्न रुची नराख्ने कर्मचारीको बोलबाल छ ।
तर भर्खरै आएका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई सूचना प्रविधिको माध्यमबाट सेवाग्राहीलाई जोड्ने काम गरेका छन् । सुनारले जिल्ला प्रशासन कार्यालय बाँकेमा सूचना अधिकारीको जिम्मेवारी सम्हालेपछि सूचना प्रविधिमा जिल्ला प्रशासन कार्यालय निरन्तर अपटेड छ । सामाजिक सन्जाल फेसबुकमा हरेक गतिबिधि मार्फत सेवाग्राहीलाई जानकारी प्राप्त भएको छ । कर्मचारी इच्छाशक्ति भएपछि सरकारी कार्यालय पनि अब्बल हुन सक्छन् भन्ने उदाहरण सुनारले दिएका छन् । अहिले जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक पेजमा सेवाग्राहीहरु जोडिने क्रम पनि बढेको छ । धेरै सर्वसाधारणले त्यही पेजमा जिल्लाका समस्याका बारेमा पनि आफ्ना गुनासाहर पोख्न थालेका छन् । त्यस्ता बिषयलाई पनि प्रशासनले नोटिस गर्दै आएको छ ।