व्यावसायिक शिक्षाको बढ्दो सम्भावना


–विवेक पौडेल महाप्रबन्धक, गेट वेस्टइन्ड

अहिले स्थानीय स्तरमा राम्रो काम र तालिमको अभावमा धेरैजसो अदक्ष कामदारको रुपमा विदेश जाने गर्छन्, जसले गर्दा नेपालीहरूले पाउने पारिश्रमिकको स्तर पनि निकै कम छ । अहिले मुख्यतयाः सैद्धान्तिक शिक्षाका डिग्री लिएर आएका जनशक्तिले फिल्डमा गएर काम गर्न नसक्ने समस्या देखिएको छ । यसको मुख्य कारण हो, उसले लिएको शिक्षा व्यवहारिक हुन नसक्नु । यसको मुख्य कारण हो, उसले लिएको शिक्षा व्यवहारिक हुन नसक्नु । त्यसको कारण पनि नेपालमा व्यावसायिक तथा प्राविधिक शिक्षा अनिवार्य बन्दै गएको छ ।


नेपालको व्यावसायिक शिक्षाको इतिहास धेरै लामो छ । वि.सं. १९९९ सालमै प्राविधिक तालिम शिक्षालय (हालको पुल्चोक इन्जिनियरिङ कलेज) स्थापना गरेर नेपालमा व्यावसायिक शिक्षाको आरम्भ गरिए पनि अझै यसले पूर्ण रूपमा राष्ट्रिय शिक्षा प्रणालीको मूलधारमा समाहित हुने अवसर भने पाएको छैन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)मार्फ ५५ वटा छोटो अवधि, प्राविधिक एस.एल.सी. तहका २५ वटा एवं ४३ वटा डिप्लोमा तथा प्रमाणपत्र तहका पाठ्यक्रमहरूअन्तर्गत शिक्षा लिनेहरूको संख्या लगातार बढ्दै जानुले यसको महत्व स्पष्ट पार्दछ ।

नेपालमा प्रत्येक वर्ष ५ लाख ५० हजार मानिस रोजगार बजारमा प्रवेश गरिरहे पनि नेपालको शिक्षा प्रणाली व्यावसायिक हुन नसकेका कारण अशिक्षित व अद्र्धशिक्षितमात्र होइनन, शिक्षित जनशक्ति पनि अदक्ष वा अद्र्धदक्ष रहेको छ । नेपालमा प्राविधिक शिक्षाको सम्भावना बृहत् छ, यसमा पनि व्यावसायिक तथा सीपमूलक शिक्षा (भोकेसनल एजुकेसन) नेपालका सन्दर्भमा अत्यावश्यक र महत्वपूर्ण बन्दै गएको छ । हालैका वर्षहरूमा नेपालमा व्यावसायिक तथा प्राविधिक शिक्षाको माग बढ्दो क्रममा छ । जति पनि र जुनसुकै किसिमका व्यवसाय सुरुवात गर्दा पनि त्यहाँ सीप भएका जनशक्तिको आवश्यकता पर्ने भएकाले यस किसिमको शिक्षाको माग बढ्दै गएको छ । नेपालको शिक्षा प्रणाली सैद्धान्तिक भएको र व्यवहारोपयोगी नभएको चर्चा बेलाबेलामा हुने गरेको छ । सोही कारणले नै प्रवेशिकादेखि स्नातकोत्तर उत्तिर्ण गरेको जनशक्ति पनि नेपालका लागि दक्ष जनशक्ति बन्न सकिरहेको छैन ।

त्यस कारण देशमा दक्ष जनशक्तिको खाडल निकै ठूलो छ । अहिले स्थानीय स्तरमा राम्रो काम र तालिमको अभावमा धेरैजसो अदक्ष कामदारको रुपमा विदेश जाने गर्छन्, जसले गर्दा नेपालीहरूले पाउने पारिश्रमिकको स्तर पनि निकै कम छ । अहिले मुख्यतयाः सैद्धान्तिक शिक्षाका डिग्री लिएर आएका जनशक्तिले फिल्डमा गएर काम गर्न नसक्ने समस्या देखिएको छ । यसको मुख्य कारण हो, उसले लिएको शिक्षा व्यवहारिक हुन नसक्नु । त्यसको कारण पनि नेपालमा व्यावसायिक तथा प्राविधिक शिक्षा अनिवार्य बन्दै गएको छ ।


नेपालको सन्दर्भमा बेरोजगार जनशक्तिको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्था छ । विद्यमान परिस्थीतिमा विकासको माध्यमबाट बञ्चित भएका बेरोजगार जनशक्तिलाई उत्पादन र देश विकासमा सरिक गराउन देशमा अवस्थित प्राकृतिक स्रोत साधनको सहि परिचालन गराई आर्थिक तथा सामाजिक उन्नतिमा राज्यले अग्रसर भूमिका खेल्नु पर्ने देखिन्छ । कुनै पनि प्रकारको प्राविधिक शिक्षा वा व्यावसायिक तालिमको अवसर नपाएका जनशक्तिहरुको संख्या वैदेशिक रोजगारमा अधिकतम छ ।



प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् (सीटीइभीटी)ले हाल १८३ वटा विषयमा आफूसँग सम्बन्धन प्राप्त प्राविधिक÷व्यवासायिक शिक्षालयहरूमार्फत आवधिक किसिमका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जसमा सीप भएका तर कुनै पनि किसिमका प्रमाणपत्र नभएका जनशक्तिका लागि समेत सीप परिक्षण गरी तिनलाई प्रमाणित गर्ने व्यवस्था पनि छ । सीटीइभीटीअन्तर्गत अर्को निकाय छ, टीआईटीआई, जसले प्राविधिक तथा व्यावसायिक शिक्षाका प्रशिक्षकहरूलाई पनि प्रशिक्षण प्रदान गर्ने काम गर्छ । यसबाहेक नेपाल सीप परिक्षण समितिले दक्ष जनशक्तिको सीप प्रमाणितसमेत गर्ने गर्छ, जुन विश्वका १४६ देशमा मान्यताप्राप्त छ ।


निर्माण, उत्पादन तथा होटल व्यवस्थापनसहित सेवा क्षेत्रहरु नेपालमा ठूलो परिमाणमा सीप अभाव भएको क्षेत्र हो, जुन देशको आर्थिक वृद्धिको मुख्य बाधक बन्दै आएको छ । नेपाल जीविकोपार्जन, कृषि अर्थतन्त्रबाट बढी मिस्रित अर्थतन्त्रको संक्रमणमा रहेको अवस्थामा यसलाई आधारभूतदेखि मध्यम तहको प्राविधिक सीपका कामदारको आवश्यकता पर्छ । त्यसैले सीप भएका मानिसको बढी माग रहदै आएको छ, यो पनि विशेषगरी सेवा क्षेत्रमा । नेपाल पर्यटक आवागमनका लागि विश्वकै सम्भाव्यता भएको देश हो । अझ त्यसमाथि मध्य तथा सुदूर पश्चिम (प्रदेश ५,६, ७)को पर्यटन सम्भावना बढ्दै गएको हुनाले यस क्षेत्रमा अब झन् धेरै सीपयुक्त जनशक्ति आवश्यकता पर्नेछ । त्यो जनशक्तिको अभाव पूर्ति गर्नका लागि हामीले परम्परागत शैक्षिक प्रतिष्ठानहरूका अलावा विशिष्टकृत प्राविधिक तथा व्यावसायिक शैक्षिक प्रतिष्ठानहरूको विकास र विस्तारमा ध्यान दिनैपर्दछ ।

 

प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् (सीटीइभीटी)ले हाल १८३ वटा विषयमा आफूसँग सम्बन्धन प्राप्त प्राविधिक÷व्यवासायिक शिक्षालयहरूमार्फत आवधिक किसिमका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जसमा सीप भएका तर कुनै पनि किसिमका प्रमाणपत्र नभएका जनशक्तिका लागि समेत सीप परिक्षण गरी तिनलाई प्रमाणित गर्ने व्यवस्था पनि छ । सीटीइभीटीअन्तर्गत अर्को निकाय छ, टीआईटीआई, जसले प्राविधिक तथा व्यावसायिक शिक्षाका प्रशिक्षकहरूलाई पनि प्रशिक्षण प्रदान गर्ने काम गर्छ । यसबाहेक नेपाल सीप परिक्षण समितिले दक्ष जनशक्तिको सीप प्रमाणितसमेत गर्ने गर्छ, जुन विश्वका १४६ देशमा मान्यताप्राप्त छ ।
व्यवसायिक शिक्षाको अर्को फाइदा के पनि छ भने यसबाट सीप सिकेका व्यक्तिहरूले तुरुन्तै काम पाउँछन, अन्तर्राष्ट्रिय क्षेत्रमा अत्यन्त धेरै माग छ । सीप सिकेका व्यक्तिहरू आत्मनिर्भर हुनसक्छन । यसका लागि सरकार, निजी क्षेत्रका शिक्षा प्रदायक, स्थानीय निकायबीचको सहकार्यमा धेरै काम गर्न सकिन्छ ।

 “लेखक बिबेक पौडेल, गेट कलेज पश्चिमान्चल का प्रबन्ध निर्देशक हुनुहुन्छ, जसले, मलेशिया, बह्रैन लगायत नेपाल का स्तरिय होटेल रेडिसन्, होटेल गोकर्ण रिजोर्ट समेत को अनुभव लिएर नेत्रित्वदायी भूमिका मा नेपालगन्ज आउनुभएको हो।”  bibek.poudel@gate.edu.np

प्रकाशित मितिः     ५ फाल्गुन २०७५, आईतवार १७:५७  |
error: Content is protected !!