२०३९ सालदेखिको बक्यौता पर्छौट गर्न कपास विकास समितिको ताकेता (फर्छौट नगर्नेको सूचि)


बाँके : कपास विकास समिति खजुरा, बाँकेले बक्यौता रकम पर्छौट नगर्ने बिभिन्न व्यक्ति र संस्थाको सूचि सार्वजनिक गर्दै उनीहरुलाई बक्यौता रकम पर्छौट गर्न ताकेता गरेको छ । २०३९ सालमा कारोवार भई हालसम्ममा पनि रकम पर्छौट नगर्ने पनि यस्तो सूचिमा रहेका
छन् । कपास विकास समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र बक्यौता पर्छौट गर्न भनेको छ । उक्त समयभित्र पर्छौट नगरे कानून बमोजिम कारवाही गर्ने समितिले स्पष्ट पारेको छ ।

लामो समयदेखि बक्यौता पर्छौट गर्न पटक पटक सूचना जारी गर्दा पनि वास्ता नगरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।  बक्यौता रकम एक लाख भन्दा कमै छ । सार्वजनिक सूचनामा २०३९ सालदेखि हालसम्म बिभिन्न प्रयोजनका लागि रकम लिएको तर फर्छौट नगरेकाको नाम उल्लेख छ । जसमा बैंक तथा बित्तिय संस्थादेखि स्वंय कर्मचारी समेतको नाम छ ।

 

 

प्रकाशित मितिः     २ फाल्गुन २०७५, बिहीबार १४:१७  |