‘रारा घुम्ने मन छ’


अजय टण्डन
महासचिव
नेपालगन्ज उद्योग वाणिज्य संघ
कर्णाली प्रदेश अत्यन्त शुन्दर छ । नेपालको स्विजरल्याण्ड भन्दा फरक पर्दैन । रारा ताल जस्ता शुन्दर पर्यटकिय क्षेत्रले जोकोहीलाई लोभ्याउँछ । एकपटक घुमेर आउँ भन्ने धेरै भेटेको छु । कर्णालीको शुन्दरताका बारेमा बिभिन्न माध्यमबाट जान्ने, बुझ्ने अवसर त पाएको छु तर प्रत्यक्ष देख्ने सकेको छैन । आखिर नेपालगन्जबाट कर्णाली प्रदेश कति नै टाडा छ र ? त्यही पनि बिभिन्न कारणले गर्दा त्यहाँसम्म पुग्न नसक्दा मन खिन्न पनि हुन्छ ।

रारा ताल जाने अवसर धेरैपटक आएको थियो । जति पटक अवसर आउँछ, त्यही बेला घरायासीदेखि व्यवसायीक काम गर्नैपर्ने बाध्यता आईलाग्छ । अनि जान चाहेको ठाउँमा जान पाईन । मलाई एकपटक कर्णाली घुम्ने इच्छा छ । मौका मिले जसरी पनि जान्छु । हिल्सासम्म पुग्ने इच्छा छ । त्यहाँके पर्यटकियक्षेत्रमा शुन्दरतालाई नियाल्नुका साथै आमनागरिकका सहज, असहज पाटा बुझ्न खोजिरहेको छु । त्यसैपनि यो क्षेत्र मानसरोवर तिर्थाटनको मुकाम नै हो । यसका सम्भावनाको खोजी गरी आन्तरिक तथा बाह्य पर्यटक भित्रा्उन थोरबहुत भुमिका खेल्ने मन छ ।

व्यवसायीक र सामाजिकक्षेत्रसंग जोडिएको मान्छे भएकाले संधै बिदा नपाइने रहेछ । मुस्किलले कहिलेकाही मिल्ने बिदामा घरपरिवारसंगै रमाउने गर्छु । धार्मिकदेखि देश, बिदेशका पर्यटकियक्षेत्रमा घुमेको छु । कहाँ घुम्ने भन्ने कुराको निर्णय घरपरिवालाई नै छोडेको छु । नेपालकै सुर्खेत, पोखरा, लुम्बिनी, जनकपुर जस्ता धेरै पर्यटयिकक्षेत्रमा घुमे । अब एकपटक रारा ताल जाने मन छ ।

कुराकानीमा आधारित

प्रकाशित मितिः     ४ फाल्गुन २०७५, शनिबार १८:२८  |