नेपालगन्ज : होटल व्यवसायी संघ बाँकेको नयाँ कार्यसमितिको पहिलो बैठकले राँझा बिमानस्थलमा निर्माण भइरहेको प्रवेशद्धारमा रु २५ हजार सहयोग गर्ने निर्णय गरेको छ । लायन्स क्लबको अगुवाईमा आर्कषक प्रवेशद्धारा बन्दै छ ।
भिम कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि पहिलो बैठक शुक्रबार बसेको थियो । उक्त बैठकले संघका तर्फबाट प्रवेशद्धारलाई सहयोग गर्ने लगायत होटल व्यवसायी महासंघमा पुन सक्रिय बन्ने निर्णय भएको अध्यक्ष कँडेलले जानकारी दिए । चितवनमा भएको महासंघको महाधिवेशनमा बिबाद उत्पन्न भएपछि बाँकेले अलग भएको थियो ।
बैठकले डिलाराम पौडेललाई प्रवक्तामा मनोनयन गरेको छ । त्यस्तै संघको बैठक हरेक महिनाको ५ गते दिनको १ बजे बस्ने र संघका लागि कर्मचारी चयन गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरिएको छ ।