खनाल होटल कम्पलेक्सको ‘प्रि ओपनिङ्ग’


नेपालगन्ज : नेपालगन्ज सुर्खेतरोडमा निर्माण भएको सुविधा सम्पन्न खनाल होटल कम्पलेक्सको शनिवार ‘प्रि ओपनिङ्ग’ गरिएको छ । आन्तरिक कार्यक्रम गरेर प्रि ओपनिङ्ग गरिएको उक्त होटलले सोमबारबाट औपचारिकरुपमा सेवा दिने सन्चालक दिवाकर खनालले जानकारी दिएका छन् ।

रु २० करोड बढि लगातमा निर्माण भएको हो । यसको ग्राण्ड ओपनिङ्ग गर्न बाँकी छ । पर्यटकलाई लक्षित गर्दै खनालले नेपालगन्जको होटल क्षेत्रमा लगानी गरेका हुन । खनाल बाँके र बर्दियाको सामाजिक क्षेत्रमा सक्रिय र परिचित छन् । लामो समय अमेरिका बसाईपछि घर फर्किएका उनले यहाँ होटल लगायत बिभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

‘पश्चिम नेपालको पर्यटकियक्षेत्रमा घुम्न चाहानेका लागि यो ट्रान्जिट हो । यो शहरको धेरै सम्भावना देखेरै होटलमा लगानी गरेको हुँ ।’ खनालले भने,–‘यद्यपी राज्यले पूर्वाधार विकासमा र बजारिकरणमा स्वयं व्यवसायीले धेरै गर्नुपर्नेछ ।’

प्रकाशित मितिः     ४ फाल्गुन २०७५, शनिबार १६:१२  |