बैंकहरुको कर्जा लगानी थोक तथा खुद्रा बजारमा सबैभन्दा बढी


बैंकिङ खबर। चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकहरुले २७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका छन् । जुन गत वर्ष भन्दा २३ दशमलव ९ प्रतिशतले बढी हो । गत वर्षको अर्धवार्षिक सम्ममा २२ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए ।

चालु आर्थिक वर्षको छ महिनामा बैंकहरुले सबैभन्दा बढी लगानी थोक तथा खुद्रा बजारमा गरेको देखिन्छ । यो क्षेत्रमा बैंकहरुको लगानी ५ खर्ब ९४ अर्ब ३० करोड रुपैयाँ छ । उत्पादन मुलक क्षेत्रमा पनि बैंकहरुले ४ खर्ब ५९ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको देखिन्छ । अन्य क्षेत्रमा ४ खर्ब ७ अर्ब ४९ करोड रुपैयाँ लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंकहरुले कर्जा विस्तार गर्दा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । त्यसैले बैंकहरुले प्रतिशतका आधारमा उच्च कर्जा विस्तार गरेका छन् । गत वर्षको पुष मसान्तको तुलनामा कृषिमा ५३ दशमलव ६ प्रतिशतले लगानी बढाएको देखिन्छ । अहिले बैंकहरुको कृषिमा लगानी १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् ।

बैंकहरुले सबैभन्दा कम लगानी स्थानीय तहमा २ अर्ब ४७ करोड ८८ लाख रुपैयाँ गरेको देखिन्छ ।

कुन क्षेत्रमा कति प्रतिशत वृद्धि
खानी उत्खनन् क्षेत्रमा २७ दशमलव ५ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा २८ दशमलव २ प्रतिशत, निमार्ण क्षेत्रमा २१ दशमलव ९ प्रतिशत, खनिज उत्पादन, मेसिनरी र विद्युतिय सामाग्रीको क्षेत्रमा ३५ दशमलव ७ प्रतिशत, यातायत क्षेत्रमा ११ दशमलव ५ प्रतिशत, ढुवानी, संचार र सामाजीक क्षेत्रामा ३० दशमलव २ प्रतिशत, थोक तथा खुद्रा ब्यापारको क्षेत्रमा २१ दशमलव २ प्रतिशत, वित्त तथा बीमा र स्थिर सम्पतिमा ४१ दशमलव ९ प्रतिशत, सेवा क्षेत्रमा २९ दशमलव ३ प्रतिशत, उपभोग्य बस्तुहरुको क्षेत्रमा २.८ प्रतिशत, स्थानीय सरकारहरुलालाई दिने कर्जा ५८ दशमलव २ प्रतिशत र अन्य क्षेत्रमा लगानी गरेको कर्जा ७.६ छ प्रतिशतले वृद्धि गरेका छन् । साभार

प्रकाशित मितिः     ५ फाल्गुन २०७५, आईतवार १३:१७  |