कोहलपुरस्थित सहकारी संस्थाको अध्यक्षमा पारसनाथ थारु बिजयी (कस्को कति मत हेर्नुहोस्)


नेपालगन्ज : कोहलपुरस्थित सहकारी संस्था लिमिटेड ( साझा) को अध्यक्ष पदमा पारसनाथ थारु बिजयी भएका छन् । आठ हजार बढि शेयर सदस्य रहेको जिल्लाकै ठुलो सहकारीको आगामी चार वर्षे कार्यकालका लागि थारु शेयर सदस्यबाट बिजयी भए ।

आईतबार राती सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार थारु २३ सय ६ मत ल्याई अध्यक्षमा बिजयी भए । उनका प्रतिद्धन्ती जागेश्वर प्रसाद थारुले २१ सय १४ मत ल्याए । उक्त सहकारीको निर्वाचनले स्थानीय तहको निर्वाचनको झझल्को दिएको थियो ।
निर्वाचनमा उम्मेदवारहरु नेकपा र नेपाली काँग्रेस निकट भएर प्रतिस्पर्धा गरेका थिए । परिणाम भने मिश्रित आएको छ । अध्यक्ष लगायतको पदमा नेकपा निकट उम्मदवार बिजयी भए । उक्त सहकारीको उपाध्यक्षमा पारसनाथ थारु प्यानलकै राजमोहन चौधरी बिजयी भए । उनले २२ सय ६२ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्ती दुर्गाप्रसाद घिमिरेले २ हजार ५३ मत ल्याए ।

त्यस्तै जिल्ला प्रतिनिधिमा गंगा बहादुर डाँगी निर्वाचित भए । महिला सन्चालक सदस्यमा उषा थापा, सन्चाल समिति सदस्यमा भगन थारु, डम्बर बहादुर खड्का, पशुपति थारु बिजयी भए । लेखा समिति संयोजकमा कालीबहादुर ओली बिजयी भए भने सदस्यमा दिलदार बेडुवा, मन्जु सत्याल बिजयी भए ।

प्रकाशित मितिः     ६ फाल्गुन २०७५, सोमबार ०६:३१  |