बाँकेमा सात महिनामा २१ सय ३७ राहादानी बितरण, मुख्य उदेश्य रोजगारी त्यसपछि विदेश पढ्ने


नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेबाट चालु आर्थिक वर्षको सात महिनामा २१ सय ३७ जनाले राहादानी बितरण भएको छ । गत साउनदेखि माघ महिनासम्म उक्त संख्यामा राहादानी बितरण भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी सुरेश सुनारले जानकारी दिए ।

माघ महिनामा मात्र ३ सय १४ वटा राहादानी बितरण भएका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेले केन्द्रमा राहादानीका लागि केन्द्रमा सिफारिस गर्दै आएको छ । राहादानी लिने अधिकांसको उदेश्य बैदेशिक रोजगारी हुने गरेको छ भने पछिल्लो समय बिदेशमा पढ्ने उदेश्यले पनि राहादानी लिने गरेको पाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले चालु आर्थिक वर्षको माघ महिनासम्मको कार्य सम्पादन बिबरण सार्वजनिक गरेको छ । सार्वजनिक बिबरण अनुसार यस अवधीमा ४३ सय १३ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् । त्यस्तै २६ सय ३१ जनाले नागरिकताको प्रतिलीपी लिएका छन् ।

प्रकाशित मितिः     ८ फाल्गुन २०७५, बुधबार ११:३७  |