कर्णाली डेभलपमेन्ट बैंकको अध्यक्षमा राजेन्द्रवीर राय, सन्चालक सदस्यमा अधिकारी र मिश्रा चयन


बाँके : नेपालगन्जस्थित कर्णाली डेभलप्मेन्ट बैंकको अध्यक्षमा राजेन्द्रबीर राय निर्वाचत भएका छन् । सोमबार नेपालगन्जमा सम्पन्न १४ औं साधारणसभाले रायलाई अध्यक्ष चयन गरेको हो ।

बैंक सन्चालक समितिको अन्य सदस्यमा युवराज अधिकारी र डा ओमप्रकाश मिश्र निर्विरोध भएका छन् । यसअघि नै अध्यक्ष लगायत सदस्यको निर्वाचन भएपछि घोषणा भने साधारणसभामा भएको थियो । साधारण शेयर सदस्य तर्फबाट हुने सन्चालक समिति सदस्यको कार्यकाल अझै बाँकी भएकाले त्यसमा निर्वाचन गर्न परेन ।


राजेन्द्रबीर राय, नवर्विाचित अध्यक्ष, कर्णाली विकास बैंक

सोमबार भएको साधारणसभामा निर्वतमान अध्यक्ष पशुपतिदयाल मिश्रको प्रतिबेदन पारित भयो । उनको कार्यकालमा बैंकले रु ५ करोडबाट पुँजी बृद्धि गरी रु ५० करोड पुर्याएको छ । बैंक अहिले सुधारन्मुख अवस्थामा छ । हाल अध्यक्ष चयन भएका राय बैंकमा यसअघि प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रकाशित मितिः     ६ फाल्गुन २०७५, सोमबार १४:५२  |
error: Content is protected !!