‘निशानको किक्सले कारप्रेमीको मन जित्छ’


नेपालगन्ज : निशान मोटर्सद्धारा उत्पादित बहुप्रतिक्षित गाडी ‘किक्स’ सोमबार नेपालगन्जका सडकमा गुड्न थालेको छ । नेपालगन्जका लागि निशानको आधिकारिक बिक्रेता देव मंगल ईन्जिनियर्सले ‘किक्स’ गाडीको बिक्री सुरु गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी र उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी लगायतको सहभागितामा ‘किक्स’ गाडीको लन्च गरिएको थियो ।

‘किक्स’ गाडीको लन्चीङको दिनमै दुई वटा गाडी बुक पनि भएको छ । लन्चीङ कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय सदस्य श्रेष्ठले खरिदकर्ताद्वय अमृत श्रेष्ठ र रेकबहादुर खड्कालाई ‘किक्स’ गाडीको चावी हस्तान्तरण गरेका थिए ।
‘किक्स’ गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा दिने बताउँदै देव मंगल ईन्जिनियर्सका निर्देशक विवेक श्रेष्ठले भने,–

विशेष सुविधा सहित निर्माण भएको किक्सले ग्राहकहरुलाई आकर्षित गर्नेमा ढुक्क छौं । सुरक्षाका हिसावले अब्बल छ, ‘किक्स’ । यो गाडीको बिक्री मूल्य ईन्टी लेभलको ४७ लाख ९९ हजार रुपैयाँ र टप लेभलको ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ । एन्ड्रोइड तथा एप्पल प्रणालीद्धारा संचालन गर्न सकिने ८ इन्चको टचस्क्रिन, एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, स्मार्ट कार्डबाट पनि स्टार्ट हुने, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग, ईबीडी र बीए सहितको एबीएस ‘किक्स’ गाडीको विशेषता रहेको छ ।

डिजेल ईन्जिनमा तीन प्रकारमा र पेट्रोल ईन्जिनमा दुई प्रकारमा उपलब्ध यो एसयुभी गाडी विभिन्न सात रंङमा उपलब्ध छ । थुपै्र गाडी पारखीहरुको नजरमा परेको विश्वस्तरीय नयाँ सवारीसाधन उपभोक्तामाझ ल्याउन पाएकोमा खुसी छु । यो गाडीले कारप्रेमी नेपालीहरुको मन जित्नेमा आफूहरु विश्वस्त छु । ‘किक्स’ को पेट्रोल इन्जिन गाडीले प्रतिलिटर १४ दशमलब २३ किलोमिटर तथा डिजेल इन्जिन गाडीले प्रतिलिटर २० दशमलब ४५ किलोमिटर माईलेज दिन्छ ।

निशान मोटर कम्पनी निशान मोटर कम्पनी जापानको विश्वप्रसिद्ध मोटर निर्माता कम्पनी हो र यसको विश्वव्यापी सञ्जाल छ । निसान, इन्फिनिटी र ड्याटसन ब्राण्डमा ६० भन्दा बढी प्रकारका मोटर यसले निर्माण गर्दछ । विश्वभरमा सन् २०१६ मा यसले ५ दशमलब ६३ मिलियन सवारी साधन बिक्री गरेको थियो ।

प्रकाशित मितिः     ६ फाल्गुन २०७५, सोमबार २०:४५  |