नेपालगन्ज : निर्धन उत्थान लद्यु वित्त वित्तीय संस्था संस्था लिमिटेड परस्पुर शाखाले बाँके र बर्दियाका चार गाउँपालिमा रु १७ करोड ५० लाख कर्जा प्रवाह गरेको छ । निर्धनले बांकेका खजुरा, जानकी, नेपालगञ्ज र वर्दियाको वढै्यातालमामा माघ मसान्तसम्म उक्त कर्जा प्रवाह गरेको शाखा प्रमुख टोपबहादुर रास्कोटीले जानकारी दिए ।
उक्त अवधीमा चारवटा गाउँपालिकाका १सय २२ घरधुरीका ३ हजार ८८ घरपरिवारमा सेवाविस्तार गरिएको छ । संस्थाले माघ मसान्त सम्ममो ग्राहक सदस्यहरुको १२ करोड बचत परिचालन गरेको छ । निर्धनबाट कर्जा लिने महिला समूहले कृषि लगायतका क्षेत्रमा लगाएका छन् । ब्यवसाय गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीपप्रदानगर्न यस तालिममा सहभागी गराईएको संस्थाका परस्पुर शाखाका शाखा प्रमुख श्री टोप बहादुर रास्कोटीले जानकारी गराएका थिए ।
सोही क्रममा आफ्ना १ सय २५ जना ग्राहक सदस्य तथा अभिभावकहरुकोे सहभागितामा मंगलवार मात्र वर्दिया जिल्लाको वढैयाताल गाउंपालिका वार्ड नं. ०२, जमुनीमा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको संस्थाका परस्पुर शाखा कार्यालयका प्रमुख रास्कोटीले जानकारी गराए । तालिममा प्रशिक्षकहरु कार्यक्रम अधिकृत नवराज जोशी, रास्कोटी, रमेश ठगुन्ना रहेका थिए ।
एक परिवारमा एक जनाउद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशक देखि निरन्तर लघुवित्त सेवादिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीयप्रमुख÷कार्यक्रमअधिकृत नवराज जोशीले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा रास्कोटीले प्रकाश पारेका थिए ।
तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापनतथाकर्जा सदुपयोगिता, वित्तीयअनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यानदिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, संस्थाले प्रदान गरी रहेका सेवाहरु, वर्तमान अवस्थामा देखिएका चुनौतीहरु, विसंगतीहरु, आदि बारेमा तालिममा सहभागीहरुले जानकारी हासिल गरेको परस्पुर शाखाका शाखा प्रमुख रास्कोटीले बताएका थिए ।