बाँके : प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सुझाव संकलन समिति समक्ष नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनैपर्ने र नभए अन्य बिभिन्न बिकल्पका बारेमा राय दिईएको छ । सुझाव संकलन समितिले आईतवार जिल्ला समन्वय समिति बाँकेको सभाहलमा सर्बपक्षिय सुझाव संकलन कार्यक्रमको आयोजना गरेको हो ।
नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने प्रमुखरुपमा सुझाव दिईएको थियो । ऐतिहासिक, सांस्कृतिक, पूर्वाधार लगायतका कारण नेपालगन्ज प्रादेशिक राजधानी बन्न उपयुक्त रहेको यहाँको सुझाव रहेको छ । बुटवललाई भने कुनै पनि हालतमा स्वीकार्य नगर्ने पक्षमा सवैले सुझाव दिईएको छ । बुटवल अपायक भएकाले त्यसलाई स्वीकार गर्न हुन्न भन्ने मत देखियो ।
नेपालगन्ज राजधानी बन्नुपर्ने नभए दाङ्गसम्म पायक पर्ने भएकाले त्यसलाई स्वीकार गर्न सकिने मत धेरैको पाईएको छ । दाङ्गपनि नभए कर्णाली प्रदेशमा जानुपर्ने सुझाव पनि आएको छ । मधेस केन्द्रीत दलका तर्फबाट भने कर्णाली प्रदेशमा गाभिने मतको बिरोध गर्दै बरु कैलाली र कन्चनपुर बाँके, बर्दियासंग गाभेर नेपालगन्जलाई राजधानी बनाउनुपर्ने मत राखे ।