काठमाडौं। सिद्धार्थ बैंकले सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ। बैंकले आफ्ना सबै शाखामार्फत यो कर्जा दिने जनाएको छ। बैंकले १५ लाख रुपैयाँसम्मको महिला उद्यमशिलता कर्जा, १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राविधिक तथा व्यवसाय कर्जा पाँच लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय कर्जा दश लाख रुपैयाँसम्म, भूकम्प पीडित आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैयाँसम्म दिने जनाएको छ।