नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशनले पाँचौ स्थापना दिवश भव्यतापूर्वक मनाउने


नेपालगन्ज :  नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशन, बाँकेले पाँचौ स्थापना दिवश भव्यतापूर्वक मनाउने भएको छ । व्यवसायिक हकहित र सामाजिक अभियानको कार्यमा क्रियाशिल नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशन पाँचौ स्थापना दिवश भोली मंगलबार बिभिन्न कार्यक्रमको आयोजना गर्ने अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए ।


अध्यक्ष ओलीका अनुसार स्थापना दिवशको अवसर पारेर अग्रज इलेक्ट्रोनिक्स व्यवसायीलाई सम्मान , समाज विकास प्रर्वधन केन्द्र  ( अनाथालय ) लाई सहयोग र साधारण सदस्यलाई सदस्यता प्रमाणपत्र बितरण गरिने छ । कार्यक्रम स्वस्तिक कटेजमा मध्यान्ह १२ बजेदेखि शुरु हुने एशोसियसनले जानकारी दिएको छ । एशोसियशनमा तीन सय बढि सदस्यहरु रहेका छन् ।


 

प्रकाशित मितिः     १३ फाल्गुन २०७५, सोमबार ०७:३४  |
error: Content is protected !!