प्रादेशिक महोत्सवका दर्शकका लागि सवारीसाधन ‘स्ट्याण्डबाई’ राखिने


नेपालगन्ज : प्रादेशिक महोत्सव २०७५ अवलोकन गर्न आउने दर्शकको सुविधाका लागि सवारीसाधन ‘स्ट्याण्डबाई’ राखिने भएको छ । महोत्सव आयोजनास्थल सडक डिभिजन कारकाँदोमा व्यवस्थितरुपमा सवारीसाधन तयारी अवस्थामा राखिने पार्किङ्ग तथा यातायात व्यवस्थापन समितिका संयोजक हरिशचन्द्र श्रेष्ठले जानकारी दिए ।

स्केच मात्र ।

साँझ घर फर्किने दर्शकलाई सवारीसाधन अभावमा समस्या नपरोस् भन्नका लागि यस्तो व्यवस्था गर्न लागिएको श्रेष्ठले बताए । उनले भने,–‘साँझ महोत्सव सकिएपछि महोत्सव प्रयोजनका लागि गाडी भन्ने लेखिएको ब्यानर सहितका गाडी तयारी अवस्था राख्छौ । उक्त गाडीमा दर्शकहरु घर फर्किन सक्नुहुनेछ ।’ महोत्सव आयोजकले यातायात व्यवसायी प्रालिसंगको समन्वयमा यस्तो व्यवस्था गर्न लागेको हो ।
आयोजकले सवारीसाधनको व्यवस्था गरेपनि त्यसको भाडा भने सम्बन्धीत दर्शकले नै व्यहोनुपर्ने श्रेष्ठले बताए ।


महोत्सव आयोजकले सवारीसाधन व्यवस्थापनका लागि सनराईज यातायात प्रालि, भेरी यातायात प्रालि, बागेश्वरी यातायात प्रालि, नमस्ते यातायात प्रालि, सार्वजनिक यातायातसंग समन्वय गरेको छ ।  नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजना फागुण १६ गतेदेखि २६ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदो नेपालगन्जमा महोत्सव आयोजना गरिदैछ ।

प्रकाशित मितिः     १३ फाल्गुन २०७५, सोमबार १८:०३  |
error: Content is protected !!