पर्यटनमन्त्री अधिकारीको निधनप्रति प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्धारा गहिरो शोक व्यक्त


शोक विज्ञप्ति

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनले स्तब्ध गराएको छ । संघर्ष र संगठनबाट खारिएका उहाँको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको छ । उहाँको निधनले मुलुकलाई अपुरणीय क्षति भएको छ । स्वर्गीय अधिकारीले वाम लोकतान्त्रिक आन्दोलन र मुलुकप्रति पु¥याएको योगदानको हामी सधैं सम्झिरहने छौं ।

स्वगीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । तेह्थुमको चुहानडाँडा विमानस्थल निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली आज पाथीभरा दर्शनका लागि गएको थियो । पाथीभराबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । त्यसैगरी दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ,निर्देशक धु्रब मोछिभोया,उपसचिव युवराज दाहाल, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेप्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोकाकुल सबै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

शंकर पोखरेल मुख्यमन्त्री,मिति २०७५ फागुन १४ ..

प्रकाशित मितिः     १५ फाल्गुन २०७५, बुधबार २१:३७  |