अधिकारीलाई सम्झिदै अथकले भने,‘नेपालगन्ज–दिल्ली उडानको सपना पुरा गर्छु भन्नुभएको थियो’


  • महेश्वर गहतराज अथक, प्रतिनिधि सभा,सांसद

असाध्यै दु:खीत र मर्माहत बनाई रहेकोछ,कमरेड रबिन्द्र अधिकारीको मृत्युको खबरले । देशले भरपुर इच्छाशक्ति भएको एक भरोसायोग्य र अनुभबी नेता गुमाएको छ। पार्टीले ,संगठन र संघर्षको अनुभबले खारिएको एक उर्जासिल ,अाशालाग्दो एवं भरपर्दाे सिपाही गुमाएको छ।क.रबिन्द्र अधिकारीसंग पटक पटक बांकेको पर्यटनको बिकासको सम्भावना र नेपालगञ्ज बिमानस्थललाई अन्तरास्ट्रिय बिमानस्थलको रुपमा बिकास गर्नुपर्ने र हाल यसको पूर्बाधार बिकास बारे छलफल भएको थियो । पछिल्लो पटक उहाँले “बाँके बासीको सपना पुरा हुने भयो। भारतले नेपालगञ्जबाट हवाईमार्ग दिने भयो । नेपालगञ-दिल्ली विमान उडानकालागि भारतसंग सहमति भएकोछ । अागामी जुन सम्म नेपालगन्ज बिमानस्थलको अाधारभुत पूर्बाधार तयार गरौं । बुद्द र श्रीएरले उडान गर्नेछन्। सबै लागौं ।”भन्नुभएको थियो । कमरेड हामी धेरै अाशाबादी थियौं । एक्कासी तपाईको मृत्युको यो दु:खद खबर सुन्नु पर्यो । कमरेड अन्तिम सलाम । हार्दिक श्रद्धाञ्जली । साथै आ-आफ्नो क्षेत्रबाट देशलाई महत्वपूर्ण योगदान गर्नु भएका र सोही हेलिकप्टर दुर्घटनामा मृत्युु हुनु भएका सबैलाई हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित मितिः     १६ फाल्गुन २०७५, बिहीबार ०७:२६  |