रवीन्द्र अधिकारीको श्रद्धान्जलीमा गहभरी आँशु


नेपालगन्ज : पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई नेकपा बाँकेका नेता कार्यकर्ताहरुले श्रद्धान्जली दिएका छन्  । जिल्ला पार्टी कार्यालय नेपालगन्जमा स्वर्गीय अधिकारीको तस्बिरमा माल्र्यापण गर्नुका साथै एक मिनेट मौनधारण गरे ।


स्वर्गीय अधिकारीलाई श्रद्धान्जली दिने क्रममा नेता कार्यकर्ताको  गहभरी आँशु देखियो । कार्यक्रम सन्चालन गर्दैगर्दा नेकपा नेपालगन्ज उपमहानगरपालिकाका नगर सचिव दत्तप्रसाद आचार्य भक्कानिए । बिद्यार्थी राजनीति गर्दा नजिकबाट स्वर्गीय अधिकारीलाई चिनेका नेता रत्न खत्रीको आँखाभरी आँशु पोखियो । अधिकारीको तस्बिरमा फुल चढाउने बित्तिकै भक्कानिएका खत्री फिल्डमा राखिएको कुर्सीमा थचक्क बसे । अरु कार्यकर्ताले उनले सम्हाले ।



स्वर्गीय अधिकारीको तस्बिरमा माल्यार्पण गरेपछि धेरै कार्यकर्ताको मन थामिएन । कतिका आँशु झरे त कतिका अनुहार मलिन देखिए । प्रिय नेता गुमाएको पीडाबोध नेकपाले पार्टी कार्यालयमा स्पष्ट देखिन्थ्यो । पार्टी कार्यालयमा सन्नाटा छाएको छ ।
नेकपाका केन्द्रीय सदस्य दिनेशचन्द्र यादव, दामोदर आचार्य, पदम धिताललगायतका नेता कार्यकर्ताहरुले स्वर्गीय अधिकारीलाई श्रद्धान्जली दिए । पार्टीको झण्डा आधा झुकाईएको छ । शोक पुस्तिका राखिएको छ ।

प्रकाशित मितिः     १६ फाल्गुन २०७५, बिहीबार १३:४८  |
error: Content is protected !!