अव कक्षा ८ को वार्षिक परिक्षाको नतिजा घरमै बसेर ईन्टरनेट मार्फत हेर्न मिल्ने भएको छ । इगल आई आईटी सर्भिस प्रालि नेपालगन्जले साविकको मध्य तथा सूदुरपश्चिमका स्थानीय तहका लागि नयाँ सफ्टवेयरको विकास गरेपछि कक्षा ८ को परिक्षाफल ईन्टरनेटबाटै हेर्न मिल्ने भएको हो । ईन्टरनेटको सुविधा भएका ठाउँमा मोवाईलमै अव बिद्यार्थीले आफुले परिक्षा कस्तो गरेको थिए भन्ने हेर्न सक्ने छन् । इगल आई आईटी सर्भिस प्रालिले यसका ‘टुकी– BLE Result processing application विकास गरेको थियो । प्रस्तुत छ , यसै बिषयमा उक्त प्रालिका प्रबन्धक निर्देशक आईटि ईन्जिनियर उमेश शर्मासंग गरिएको कुराकानी ।
यो सफ्वेयर के हो ?
नेपाल सरकारले हरेक परिक्षालाई ग्रेड सिस्टममा लगिसकेको अवस्था छ । बिगतको भन्दा भिन्न तरिकाले परिक्षाफल प्रकाशित गरिन्छ । स्थानीय तहको जिम्मेवारीमा रहेका कक्षा ८ का बिद्यार्थीहरुको परिक्षाफल पनि ग्रेड सिस्टमबाटै प्रकाशित गरिनुपर्ने हो । तर सबै स्थानीय तह त्यसरी ग्रेड सिस्टमबाट परिक्षाफल प्रकाशित गर्न सक्षम नभईरहेका बेला हामीले यो सफ्टवेयरको विकास गरेका हौं । गत वर्ष धेरै स्थानीय तहले मार्कबेशमा परिक्षाफल प्रकाशित गर्नुपरेको थियो । त्यो देखेर हामीले नयाँ कामको सुरुवात गरका हौं । अब सफ्वेयरको विकास भइसकेपछि मार्कबेशमा परिक्षाफल प्रकाशित गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यसले कसरी काम गर्छ ?
यो सफ्वेयर सबैभन्दा पहिले त सम्बन्धित स्थानीय तहले किन्नुपर्छ । त्यसपछि स्कुल लगायत स्थानीय तहको शिक्षा शाखाबाट प्राप्त गरेको लब्धांक उहाँहरुले आफैले इन्ट्री गर्नुहुन्छ । त्यसको लागि तालिमको व्यवस्था गरिदिएका छौं । अब लब्धांक सफ्टवेयरमा इन्ट्री भइसकेपछि त्यसले आफै अंक ग्रेडमा परिणत गर्छ र मुल्यांकन रिर्पोेट दिन्छ । उक्त रिर्पोट इन्टरनेटको माध्यमबाट बिद्यार्थी, अभिभावक देखि सबैले हेर्न पाउँछन् ।
यसको प्रयोगको अवस्था कस्तो पाउनुभएको छ ?
एक वर्षकोे अवधीमा पश्चिम नेपालमा ४९ वटा स्थानीय तहले यसको प्रयोग गरेका छन् । बाँकेमा चारवटा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिकाले यसको प्रयोग गरेका छन् । अन्य गाउँपालिका अन्य क्षेत्रका छन् । यसको सकारात्मक सुझाव पनि आएको छ । अन्य गाउँपालिका पनि प्रक्रियामा छन् ।
यसको मुख्य चुनौती के हो ?
यो सफ्वयेयरको प्रयोत त अनिवार्य जस्तै छ । यद्यपी प्रयोगका बिषयमा चुनौती देखिएका छन् । नयाँ प्रबिधिसंग जोडिने कुरा जोकोहीका लागि अफ्ठयारो त हुन्छ नै । त्यस्तो अफठ्याराहरु शिक्षा क्षेत्रलाई पनि छ । शिक्षा शाखाहरुमा त्यसै पनि थोरै कर्मचारी हुनुहुन्छ । उहाँहरु जति हुनुहुन्छ त्यति पनि सुचना प्रविधिसंग त्यसै अपडेट भएको पाईएको छैन । हामीले अहिले निरन्तर तालिम दिने काम गरिरहेका छौं । थोरबहुत परिवर्तन आएको छ । अर्को चुनौती भनेको बजेट अभाव पनि हो । बजेट अभाव देखाएको पाईन्छ । शिक्षा क्षेत्रमा सूचना प्रविधिको उपयोगिताका बारेमा बुझाउन अझै बाँकी छ । आज नभए भोली यसको उपयोगिताका बारेमा सबैले बुझ्नुहुन्छ ।
अब अन्त्यमा यसको भविष्य कस्तो देख्नुहुन्छ ?
यसको सम्भावना धेरै राम्रो छ । धेरै नयाँ ठाउँमा हामी पुग्न सकेका छैनौ भने धेरै स्थानीय तहलाई यसको जानकारी छैन । यसको बिस्तार गर्दै लैजान्छौ । एक वर्षको अवधीमा कुनै पनि समस्या आएको छैन । हामीले राम्रो सेवा दिएका छौं । त्यही सेवा र भरपर्दो सुविधा दिएकैले सम्भावना राम्रो देखिन्छ ।