मानसरोवर प्याकेजका लागि ट्राभल एजेन्सीलाई ‘नो क्रेडिट’, तिर्थयात्रीको खर्च कम हुने


नेपालगन्ज : बाँकेमा पाँचतारेसम्मका होटलले ट्राभल एजेन्सीका कारण ठगिएको महसुस गर्दै नगद कारोवार गर्ने भएका छन् । त्यस्तै यसअघिको पैसा नतिर्ने ट्राभल एजेन्सीलाई कालो सुचिमा राखेर ‘नो इन्ट्री’सम्म गर्ने आन्तरिक सहमति गरेका छन्  । मानसरोवरको तिर्थयात्री ल्याउने ट्राभल एजेन्सीले नेपालगन्जका होटललाई लाखौं रुपैया नतिरेर रुवाएपछि यस्तो कदम चाल्ने परिस्थिती बनेको होटलका सन्चालकहरु बताउँछन् ।

यहाँका होटलले बनाएको आन्तरिक नियम अनुसार मानसरोवर प्याकेजका क्रममा ट्राभल एजेन्सीसंगै कुनै पनि उधारो कारोवार गरिने छैन । शतप्रतिशत नगद कारोवार हुने छ । यसो गर्दा यहाँका होटल व्यवसायी ट्राभल एजेन्सीबाट ठगिन जोगिने छन् भने स्वयं तिर्थयात्रीलाई पनि कम खर्च लाग्ने छ । अहिले ट्राभल एजेन्सीले तिर्थयात्रीबाट धेरे रकम लिने गरेका छन् । तर यहाँका होटललाई भने उधारो काम गराउने गरेका छन् । अन्य क्षेत्र फस्टाउन नसकेका लागि होटल क्षेत्रमा उत्साहजनक लगानी थपियो । अझै थपिदै छ । तर होटल क्षेत्रमा अर्वौको लगानी भएपनि अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाया धरासायी बन्न थालेको महसुस गरेपछि लगानीकर्ता सजग बनेका छन् ।

सुविधा सम्पन्न १३ वटा होटलका लगानीकर्ताले अस्वस्थ्य प्रतिस्पर्धालाई अन्त्य गर्दै शुल्कमा एकरुपता कायम गरेका छन् । मार्च २ अर्थात गत शुक्रबारबाट नयाँ शुल्क लागु गरिएको छ । यति मात्र होइन उनीहरुले मार्केटिङ्ग क्षेत्रलाई अब्बल बनाउँदै लैजानेदेखि म असुल्ने गरेका
छन् । त्यही असुलेको पैसा पनि सम्बन्धित होटल व्यवसायीले नपाउने गरेको अवस्था छ ।


होटल व्यवसायीको आन्तरिक नियम अनुसार यहाँका होटलसंग कारोवार गरी पैसा नतिरेका ट्राभल एजेन्सीलाई कालो सुचिमा राखिने छ । कालो सुचिमा राखेका ट्राभल एजेन्सीसंग कुनै पनि होटल व्यवसायीले कारोवार गर्न नपाउने आन्तरिक सहमति भएको छ । यस सम्बन्धमा एक जना होटल व्यवसायीले भने,–‘पहिले ट्राभल एजेन्सीहरु एउटा होटललाई ठगेपछि अर्को होटलमा जाने गरेको पाईयो । यस्तो गर्दा सबै होटल डुब्ने अवस्था आएपछि नयाँ सहमति गरेका हौं ।’

सहमतिमा आएका होटल व्यवसायीहरु एकअर्का प्रति पारदर्शीरुपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनीहरुले एकअर्काका गतिबिधिहरु आपसमा बसेर छलफल गर्ने र स्वस्थ्य प्रतिस्पर्धाको वातावारण बनाउने सहमति गरेका छन् । यस्तै जुन तहको होटल हो त्यही तहसंग व्यवसायीक कामहरु गर्ने आन्तरिक नियम बनाईएको छ । सम्पुर्ण सेवाग्राहीले कारोवार सकिएको १५ दिन भित्र हरहिसाव पर्छौट गर्नुपर्ने छ । गत शुक्रबारबाट लागु भएको व्यवसायीहरुको नियम कार्यान्वयन गर्नका लागि उनीहरुले सजाएको व्यवस्था पनि गरेका छन् । नियम उल्लंघन गर्ने व्यवसायीलाई पहिलो पटक ५० हजारसम्म जरिवाना तोकिएको छ ।

https://nepalgunjbusiness.com/2019/03/4012/

प्रकाशित मितिः     १९ फाल्गुन २०७५, आईतवार १०:४६  |
error: Content is protected !!