प्रादेशिक महोत्सव : आज राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै,भोली को -को ?


बाँके २० फाल्गुण : सडक डिभिजन परिसर, कारकादोमो आईतबारदेखि शुरु भएको प्रादेशिक महोत्सव २०७५ आज सोमबार चर्चित कलाकारले प्रस्तुती दिने भएका छन् । पहिलो दिन उद्घाटन समारोहपछि लोक गायक नविन खड्काले गीत गाएर नचाएका थिए ।
आज सोमबार चर्चित गायक राजनराज सिवाकोटी,कृष्ण रेउले,भूमिका गिरी, हाँस्यकलाकार पुर्खे बा, रुविना अधिकारीले आफ्नोे प्रस्तुती दिने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए ।



वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गरिएको अध्यक्ष बैश्यले बताए । महोत्सवमा तीन सय बढि स्टल छन् । स्थानीय र राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने छ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७५, सोमबार ०९:४९  |
error: Content is protected !!