नेपालगन्ज : नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार प्रदेश ५ मा रु ३ खर्व बढि कर्जा लगानी गरेका
छन् । वाणिज्य बैंकले २ खर्ब ४१ अर्ब १३ करोड ८८ लाख २९ हजार रुपैयाँ, विकास बैंकहरुले ६३ अर्ब ५२ करोड १६ लाख २९ हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुले ६ अर्ब ६७ करोड २० लाख २८ हजार रुपैयाँ गरी कुल ३ खर्ब ११ अर्ब ३३ करोड २४ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंकहरुले सबैभन्दा धरै कर्जाप्रदेश तीनबाट संकलन गरेका छन् । प्रदेश तिनमा वाणिज्य बैंकहरुले १३ खर्ब ८५ अर्ब १० करोड ३ लाख १६ हजार रुपैयाँ, विकास बैंकहरुले ९३ अर्ब १२ करोड ६५ लाख ५५ हजार रुपैयाँ र फाइनान्स कम्पनीले ३२ अर्ब ३९ करोड ३२ लाख ३८ हजार रुपैयाँ गरी कुल १५ खर्ब १० अर्ब ६२ करोड १ लाख ९ हजार रुपैयाँ कर्जा संकलन गरेका छन् ।
प्रदेश १ मा वाणिज्य बैंकहरुले २ खर्ब ९६ अर्ब ४० करोड ६२ लाख १ हजार रुपैयाँ, विकास बैंकहरुले २५ अर्ब ११ करोड ५९ लाख ३३ हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुले ४ अर्ब ७१ करोड ९१ लाख ६५ हजार रुपैयाँ गरी कुल ३ खर्ब २६ अर्ब २४ करोड १३ लाख ३१ हजार रुपैयाँ कर्जा संकलन गरेका छन् ।
प्रदेश २ मा वाणिज्य बैंकहरुले २ खर्ब १८ अर्ब ९५ करोड ४६ लाख ६३ हजार रुपैयाँ, विकास बैंकले १५ अर्ब ८७ करोड १२ लाख ८३ हजार र फाइनान्स कम्पनीहरुले ३ अर्ब ८४ करोड ९३ लाख ४० हजार रुपैयाँ गरी कुल २ खर्ब ३८ अर्ब ६७ करोड ५२ लाख ८६ हजार रुपैयाँ कर्जा संकलन गरेका छन् ।
गण्डकी प्रदेशमा वाणिज्य बैंकहरुले १ खर्ब ३४ अर्ब ९३ करोड २७ लाख २७ हजार रुपैयाँ, विकास बैंकहरुले ७४ अर्ब २४ करोड १९ लाख ४८ हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुले ६ अर्ब ५ लाख १५ हजार गरी कुल २ खर्ब १५ अर्ब १७ करोड ५१ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेका छन् ।
कर्णाली प्रदेशमा वाणिज्य बैंकहरुले २४ अर्ब ८४ करोड १६ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् भने फाइनान्स कम्पनीहरुले २५ करोड ५६ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । विकास बैंकहरुको कर्जा लगानी भने राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छैन् । कर्णाली प्रदेशमा बैंकहरुको कुल कर्जा लगानी २५ अर्ब ९ लाख ७३ लाख सात हजार रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकहरुले ६९ अर्ब ५९ करोड ८४ लाख ४८ हजार रुपैयाँ, विकास बैंकहरुले ९ अर्ब २० करोड ६२ लाख ५२ हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुले ४१ करोड ५७ लाख ५९ हजार रुपैयाँ गरी कुल ७९ अर्ब २२ करोड ४ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकिङ खबरबाट