नेपालका एकमात्र अर्बपति चौधरीको सम्पत्ति वृद्धि, २१२ स्थान माथि उक्लिए


काठमाडौं । नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्तिमा वृद्धि भएको छ । उनको सम्पत्ति २० अर्ब डलरले वृद्धि भएको अमेरिकी म्यागेजिन फोब्र्सले उल्लेख गरेको छ । फोम्र्सले सार्वजनिक गरेको अर्र्बपतिहरुको सूचिमा उनी गत वर्षको तुलनमा २१२ स्थान माथि पुगेका छन् ।

चौधरीको सम्पत्ति १ दशमलव ७ अर्ब डलर पुगेको छ । गत वर्ष उनको सम्पत्ति १ दशमलव ५ अर्ब डलर थियो । उनी अहिले अर्बपतिहरुको सूचिमा १ हजार ३ सय ४९औं स्थानमा छन् । गत वर्ष उनको स्थान १ हजार ५ सय ६३ मा थियो ।

बिनोद चौधरी नेपालका एक परिचित उद्योगपति हुन्। यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन्। उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन्।

९० सालको महाभूकम्प गएको २ वर्षपछि सन् १९३५मा चौधरी परिवारले न्युरोड हालको विशाल बजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको थियो। त्यो पसलका सामान बिक्री गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको दरबारमा आउजाउ गर्न चौधरी परिवारलाई रोकतोक थिएन। पछि ब्रान्डका सामान बिक्री गर्न न्युरोडमा अरुण इम्पोरियम खोले। यहाँका कतिपय आयातित सामान पनि दरबार जान्थे।

चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका कपडा र अन्य समाग्री ल्याई दरबार र सम्पन्नलाई बिक्री गर्दा गर्दै चौधरी परिवार स्टील, घागो कारखानाजस्ता उद्योगमा प्रवेश गरेको थियो। पछिल्लो समयमा चौधरीको कपडा पसलका ग्राहक तत्कालीन राजारानी र दरबारका सदस्य हुन्थे। पञ्चालयतकालमा दरबारसँगको यो सम्पर्क उद्योग खोल्न लाई सेन्स लिन उपयोगी बन्यो।

तर, परम्परागत होइन नयाँ हेर्ने विनोदको स्वभाव वाइवाइमा मात्र समिति भएन्। नयाँनयाँ व्यवसायमा उनले हात हाल्दै गए। कतिमा सफल भए कति असफल। रेडियो टेलिभिजन बिक्रीवाट सन्तुष्ट नभई पार्टपुर्जा ल्याएर उत्पादन सुरु गरे। दुई वर्षअघि नैपालमै सिजी ब्रान्डको टिलिभिजन बिक्री गर्न सुरु गरे। बासुदेव चलचित्र बनाएर मनोरञ्जन उद्योगमा प्रवेश गरे। ठेक्का पट्टा, निकासी व्यापारमा पनि चौधरी परिवार संलग्न थियो। काठमाडौं त्रिशुली सडक, सोल्टी होटलको केही भाग चौधरी समूहले बनाएको हो।

देशले आर्थिक उदारीकण नीति लिएपछि बंैक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा सिजीले हात हाल्यो। तत्कालीन समयमा यी सबै नयाँ क्षेत्र थिए। सञ्चार, बियर, चुरोटलगायत उद्योगमा पनि सिजीले लगानी गर्‍यो। तर, यी क्षेत्रमा योजनाअनुसार सफल हुन सकेन।

अरुवाट बढीभन्दा बढी फाइदा लिन सक्ने खुबी पनि विनादसँग छ।

विनोद सधै पावर निकट बस्छन्। पञ्चायतका बेला चौधरी परिवारको राजा, राजपरिवारसँग निकटता थियो। पटकपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासँग विनोद पहिले देखिनै नजीक थिए। पावर हुनेसँग विनोद छिटो सम्बन्ध बनाउँछन्। बहुदल आएपछि चौधरी परिवारले एमाले नेता तथा लेखक मोदनाथ प्रश्रितलाई पैसा सापटी दिएको थियो। अहिले पनि उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीसँग विनोदको निकट सम्वन्ध छ। राजनीतिक शक्ति केन्द्रमात्र होइन, विनोद सम्वद्ध विशेषज्ञ, बजारका जानकार, सञ्चारकर्मीको सधैं सम्पर्कमा बस्छन्।

ठिक समयमा सही निर्णयले विनोदलाई बहुराष्ट्रिय लगानीकर्ता बन्न सहयोग गर्‍यो। खाडी मुलुक दुबईमा घरजग्गा व्यवसाय फस्टाइरहेको समयमा उनी त्यहाँ लगानी गर्न पुगे। त्यहाँ राम्रो पैसा कमाउन विनोद सफल भए। दुबईको घरजग्गा व्यवसायमा मन्दी आउँदा उनी बाहिर निस्किसकेका थिए। यही समयमा उनी भारतको प्रतिष्ठित व्यवसायिक घरना टाटा समूहसँग जोडिन पुगे। श्रीलङ्का, मालदिभ्समा ताज होटल समूहसँग मिलेर लगानी सुरु गरे। श्रीलङ्का स्टक एक्स्चेन्जको वेबसाइट खोल्यो भने पाँच तारे ताज श्रीलङ्का रिर्सोटको सञ्चालकमा विनोद र उनका परिवारका सदस्यको नाम आउँछ। मालदिभ्समा टाटा समूहका अध्यक्ष रतन टाटा र विनोद चौधरीका छोराले त्यहाँका राष्ट्रपतिलाई आफ्नो होटलमा स्वागत गरेको तस्बिर नेपालका सञ्चारमाध्यममा दुई वर्षअघि सार्वजनिक भएको थियो। अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनसम्म सिजीको लगानी विस्तार भएको छ। विश्व आर्थिक मन्दीको असर महसुस गर्ने पहिलो नेपाली उद्यमी पनि विनोद चौधरी नै थिए। मन्दी सुरु भए लगत्तै यसबारेमा सहकर्मी सांसद र सरकारलाई सचेत गराएका थिए।

प्रकाशित मितिः     २२ फाल्गुन २०७५, बुधबार १८:३०  |