काठमाडौं : नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले फागुन पहिलो साता ‘अल न्यू स्यान्ट्रो’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा उक्त पारिवारिक ह्याचब्याक कार पुनः नेपालमा ल्याएको हो ।
६ वर्षअघि नेपालमा सार्वजनिक गरिएको यो कार कम्पनीले सन् २०१४ देखि उत्पादन रोकेपछि बजारमा उपलब्ध थिएन । तर कम्पनीले ग्राहकको मागलाई सम्बोधन गर्दै अक्टोबर २०१८ देखि यसलाई थप नयाँ विशेषतासहित फेरि सार्वजनिक गरेको छ । नेपालमा पनि यो कार ग्राहकको शीघ्र पर्खाइमा रहेका थियो । सार्वजनिक भएको १ महीना नबित्दै यसले बजारमा राम्रो प्रभाव पारिरहेको कम्पनीले जानकारी दिएको छ ।
भित्री भाग
कारमा १०८६ सीसी डिस्प्लेसमेन्टमा १.१ लिटरको शक्तिशाली पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले ५५०० आरपीएममा ६९ पीएस अधिकतम पावर र ४५०० आरपीएममा १०.१ किलोग्राम अधिकतम टर्क उत्पादन गर्दछ । १२ भल्वको चार सिलिन्डर प्रयोग गरिएको यो कारमा ५ स्पीड म्यानुअल ट्रान्समिशन छ । नयाँ स्यान्ट्रोमा ३५ लिटरको पेट्रोल ट्यांक राखिएको छ । यस कारको निर्माणमा नयाँ टेक्नोलोजीको प्रयोग गरी आधुनिक र मोडर्न डिजाइनमा निर्माण गरिएको छ ।
बाहिरी भाग
३६१० मिलिमिटर लम्बाइ, १६४५ मिलिमिटर चौडाइ र १५६० मिलिमिटर उचाइमा निर्माण गरिएको यस कारको ह्वीलबेस २४०० मिलिमिटर राखिएको छ । २३५ लिटरको बुट स्पेश राखिएको यस कारमा १६५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ । ५ सीट क्षमताको यो कारमा ट्युबलेस टायर छ । विभिन्न ५ रङमा उपलब्ध यो कार आकर्षक र अन्यभन्दा फरक देखिन्छ ।
पर्फर्मेन्स/सुरक्षा
अन्यको तुलनामा पर्फर्मेन्सको हिसाबले यो कार उत्कृष्ट रहेको कम्पनीको दाबी छ । स्मार्ट अटो एएमटी (अटोमेटिक म्यानुअल ट्रान्समिशन)ले ड्राइभिङ अनुकूल, क्याबिन तथा सीट चौडा र आरामदायी भएको बताइएको छ । पछाडि पार्किङ सेन्सर र क्यामेरा जोडिएको कारण पार्किङका लागि कार ब्याक गर्न सजिलो र सुरक्षित छ । सुरक्षाका लागि यस कारमा ब्याक डिफोगर, कार चल्न शुरू गर्दा अटो डोर लक, लोड लिमिट सिटबेल्ट, स्ट्यान्डर्ड ड्राइभर एयर ब्याग एन्टिलक बे्रकिङ सिस्टमको व्यवस्था छ । कम्पनीका अनुसार हुन्डाई स्यान्ट्रोका मुख्य विशेषता नै सुरक्षा हो ।
अन्य विशेषता
नयाँ स्यान्ट्रोमा आधुनिक ग्रिल, फग ल्याम्प्स, अतिरिक्त क्याबिन, सिट फोल्डिङ, अगाडि १ लिटरको पानीको बोतल राख्न सकिने ठाउँ, इको कोचिङ टेक्नोलोजी, ब्याक एसी, मोबाइल चार्जिङ पोर्ट, ब्याक वाइपर, ठूलो बुटस्पेश लगायत विशेषता छन् ।
मूल्य
यो कार ४ भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा स्यान्ट्रो म्याग्नाको २४ लाख ९६ हजार, म्याग्ना अटोमेटिकको २६ लाख ५६ हजार, आस्थाटाको २९ लाख ९६ हजार र स्पोर्टेजको मूल्य २६ लाख ९६ हजार रुपैयाँ छ ।