बाँकेमा नयाँ सात उद्योगमा ५ अर्ब २६ करोड लगानी, ७ सय ८२ जनालाई रोजगारीको अवसर


नेपालगन्ज : बाँके जिल्लामा सन्चालनमा आएका नयाँ उद्योगमा रु ५ अर्ब २६ करोड ८० लाख लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७४र२०७५ मा उद्योग बिभागबाट बाँकेमा उद्योग सन्चालनका लागि गत आर्थिक वर्षमा जय अम्बे स्टील, सगरमाथा स्टील ईण्डष्ट्रिज, नेपाल वोलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज , विकास फ्लोर मिल र भिभो मोवाईल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति पाएका थिए ।
अनुमति पाएका मध्ये अधिकांस उद्योग सन्चालनमा छन् भने केही उद्योगले पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पु¥याएका छन् । केही महिनामा पूर्वाधार निर्माणको काम सक्ने बित्तिकै बाँकी उद्योग पनि पूर्णरुपमा सन्चालनमा आउने छन् । उद्योग बिभागका अनुसार आर्थिक वर्ष २०७३ र २०७४ भन्दा आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा ठुलो उद्योग स्थापनासंगै लगानीमा पनि तिब्र बिस्तार भएको छ ।
आर्थिक वर्ष २०७३ र २०७५ मा बाँकेमा चार वटा उद्योग स्थापना भएका थिए । ती उद्योगमा ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो । सातवटा उद्योगबाट जम्मा १ सय ४२ जनालाई रोजगारी सिर्जना भएको थियो । तर आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा उत्साहजनक लगानी भित्रिएको उद्योग बिभागको तथ्यांकबाट पुष्टि हुन्छ । गत आर्थिक वर्ष बिभागमा दर्ता भएका सात उद्योगले जिल्लामा ७ सय ८२ जनालाई प्रत्यक्षरुपमा रोजगारीको वातावारण सिर्जना गर्दै छन् ।


बाँके जिल्लामा स्टील उद्योगको आर्कषण नै देखिएको छ । देशकै सबैभन्दा ठुलो औद्यागिक समूह जय अम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु ४ अर्व १५ करोड चुक्तापुँजी सहित उद्योग सन्चालनको तयारी गरिरहेको छ । आगामी बैशाखबाट उत्पादन शुरु गर्ने गरी पुर्वाधार निर्माणको काम भइरहेको छ । त्यस्तै सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु २४ करोड चुक्ता पुँजी सहित उद्योग स्थापना गरेको छ ।
उद्योग बिभागका अनुसार, दर्ता भएका सात मध्ये नेपाल वोलहोप एग्रीटेक प्रालिले चितवन पछिको दोस्रो शाखा हो । चितवनमा रहेको उद्योगले कोहलपुरमा रु २४ करोड लगानी गरे उद्योग सन्चालनमा ल्याईसकेको छ । उक्त उद्योगले दानाहरु उत्पादन गर्दै आएको छ । बाँकेमा रु २४ करोड लगानीमा भिएमआई ग्रुप अन्र्तगत बर्षा रिसाईक्लिङ्गले प्रेसर कुकुर उत्पादन गर्दै आएको छ । त्यस्तै विकास फ्लोर मिलले रु २ करोड ४५ लाख लगानी गरेको छ । भिभो मोवाईल प्रालिले अत्याधुनिक सर्भिस सेन्टर स्थापनाका लागि रु ३० लाख लगानी गर्ने उदेश्य सहित गत आर्थिक वर्षमा उद्योग बिभागबाट दर्ता प्रमाणपत्र लिएको छ ।
देशमा राजनीतिक अस्थिरता भएसंगै अन्यत्र जस्तै बाँकेमा पनि ठुला उद्योग स्थापना हुने क्रम रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । पुर्वमा सन्चालनमा रहेका उद्योगले उत्पादन गरेका सामाग्री पश्चिम नेपालमा ल्याउन ढुवानी खर्च धेरै हुने भएकाले यहाँको बजारलाई लक्षित गर्दै उद्योग सन्चालन हुने क्रम बढेको छ । श्रेष्ठ भन्छन्,–‘हरेक हिसावले बाँके जिल्लामा लगानीमैत्री वातावरण छ । यसलाई अझै राम्रो बनाउनुपर्छ ।’


प्रकाशित मितिः     २६ फाल्गुन २०७५, आईतवार ११:२४  |
error: Content is protected !!