ठुला उद्योगका कर्मचारीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य बिषयमा प्रशिक्षण


बाँके : ठुला उद्योगमा कार्यरत कर्मचारी तथा कामदारको सुरक्षा कसरी गर्ने भन्ने बिषयमा सन्चालित चारदिने तालिम नेपालगन्जमा समापन भएको छ । श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा भएको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य बिषयक तालिममा नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योग लगायत अन्य उद्योगका कर्मचारीको सहभागिता रहेको थियो ।


उद्योग सन्चालनका क्रममा उत्पन्न हुन सक्ने सुरक्षा खतरा मूल्यांकन गर्दै त्यसलाई समाधान कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिईएको नेपालगन्ज ओद्योगिक क्षेत्र उद्योग संघकी महासचिव दिला शाहले बताईन । तालिम पछि उद्योगहरुमा प्राथमिक उपचारका बिधिको बारेमा जानकारी दिने र त्यस्तो स्वास्थय सामाग्री राख्ने बिषयमा छलफल भएको थियो ।


तालिम समापनपछि प्रमुख प्रशिक्षक ईन्जिनियर बरुण कुमार झा, उद्योगपति चम्पालाल बोथरा, महासचिव शाह लगायतले यहाँका उद्योगको अवलोकन गरेका थिए ।

प्रकाशित मितिः     २६ फाल्गुन २०७५, आईतवार १८:०५  |