गाभर भ्यालीमा होमस्टे र कटेज थपिए, गुणस्तरमा प्राथमिकता दिदै


नेपालगन्ज :  बाँके जिल्लाकै प्रमुख पर्यटकिय गन्तव्य बनेको गाभर भ्यालीमा होमस्टे र कटेज थपिएका छन् । पुराना होमस्टेलाई पूर्वाधारयुक्त बनाईएको छ भने तीनवटा नीजि होमस्टे र दुईवटा कटेज थपिएको गाभर होमस्टेका प्रमुख अभियनता कृष्ण चौधरीले जानकारी दिए ।
‘गाभर भ्यालीमा पर्यटकको चाप बढ्ेको छ ।

’होमस्टे एशोसियन प्रदेश ५ का महासचिव समेत रहेका चौधरीले भने,–‘चाप थेग्न पनि पूर्वाधार निर्माण र थप होमस्टे, कटेज निर्माण गरिएको हो ।’ गाभर भ्यालीमा थपिएका नयाँ होमस्टे र कटेजमा एक करोड बढि लगानी रहेको छ ।
होमस्टेमा नौं वटा युनिट (घर) रहेकोमा अब भने तीनवटा नीजि होमस्टे र थप दुई कटेज थपिएको हो । डाईनिङ्ग, भान्सा,सभाहल थपिएका छन् । होमस्टेको गुणस्तर थप्ने काम भएको छ । गएको वर्ष गाभर भ्यालीमा रहेका होमस्टेमा १० हजार पर्यटक भित्रिएका थिए । गाभरमा होमस्टे २०७० सालमा शुरु भएको थियो । चौधरीकै अगुवाईमा होमस्टे सन्चालन गरिएको थियो ।

प्रकाशित मितिः     २७ फाल्गुन २०७५, सोमबार १५:२४  |