प्रदेश समृद्धिको प्रस्थानविन्दु कृषि र भविष्यको समृद्धिको आधार पर्यटन–मुख्यमन्त्री पोखरेल


बुटवल : प्रदेश सरकारले आवधिक योजनाको आधारपत्रमाथि मंगलबार प्रदेशसभा सदस्यहरुसंग छलफल गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले विकासको जनताको आकांक्षा पूरा गर्न र रणनैतिक लक्ष्य हासिल गर्न आवधिक योजना निर्माण गरिएको बताए । उनले बजेटको विनियोजन अव मागका आधारमा नभई योजनाका आधारमा हुने बताए । पूर्वाधार निर्माणलाई मात्रै विकास ठानिने प्रवृति रहेको भन्दै उनले पूर्वाधार निर्माण विकासको सहयोगी भएको र विकासको समग्र पक्षलाई ध्यान दिनुपर्ने बताए ।


प्रदेशको समृद्धिको प्रस्थानविन्दु कृषि र भविष्यको समृद्धिको आधार पर्यटन भएकाले त्यसै अनुसार योजना बनाएर अघि बढ्नुपर्ने उनले
भने ।


आवधिक योजनाको आधारपत्रमाथि प्रदेशसभा सदस्यहरुले महत्वपूर्ण सुझावहरु दिनुभएको छ । ती सुझावहरुलाई समेटेर आधारपत्र तयार गरिने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले जानकारी दिए । छलफलमा उपाध्यक्ष श्रेष्ठले आधारपत्र छलफलका लागि प्रस्तुत गरेका थिए  ।

प्रकाशित मितिः     २८ फाल्गुन २०७५, मंगलवार १५:३०  |