नेपालगन्ज भन्सारमा थन्किएको १ सय ४४ मेट्रिक टन चिनी बिशेष निर्णयका आधारमा फुकुवा


बाँके : नेपालगन्ज भन्सारमा थन्किएको १ सय ४४ टन चिनी मन्त्रीपरिषदको बिशेष निर्णयका आधारमा सम्बन्धित फर्मले लगेको छसरकारले चिनीमा प्रतिबन्ध लगाएपछि उक्त चिनी भन्सारमै लामो समयदेखि थन्किएको थियो । तर मन्त्रीपरिषदको निर्णयको हवाला दिदै भन्सार बिभागले निर्देशन दिएपछि नेपालगन्ज भन्सारले माघ महिनामा उक्त चिनी फुकुवा गरी सम्बन्धित फर्मलाई लिन अनुमति दिएको हो ।

सरकारले असोज २ गते भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएको थियो । उक्त निर्णय हुनु भन्दा पहिले नै नेपाल भित्रिएको तर भन्सार गर्न नभ्याएको चिनी समेत प्रतिबन्ध लगाईएको थियो । नेपालगन्ज भन्सार हुँदै सगरमाथा सप्लायर्सले १८ मेट्रिक टन र बाँकी शिखर एग्रो प्रालिले चिनी सम्बन्धि नयाँ नियम लागु हुनु भन्दा पहिले नै नेपाल भित्राएको नेपालगन्ज भन्सार प्रमुख शान्तिराम निरौलाले जानकारी दिए । उनले भने,–‘निर्णय हुनु भन्दा पहिले नै आयात गरिएको चिनीका सम्बन्धमा केन्द्रबाटै निर्णय भई आएकाले लैजान अनुमति दिएका हौं ।’

उक्त चिनी मात्र लैजान अनुमति दिएपनि अन्य चिनी आयातमा भने प्रतिबन्ध नै रहेको भन्सार प्रमुख निरौलाले बताए । नेपालगन्ज भन्सारले दुध आयातमा समेत कडाई गरेको छ । भारतीय दुध नेपालगन्ज भित्राउन नदिएप िभन्सार प्रमुख निरौलाले भारतीयको आक्रोस समेत खेप्नुपरेको थियो ।

प्रकाशित मितिः     ३० फाल्गुन २०७५, बिहीबार १५:३१  |