डिप्रोक्स लद्युवित्तद्धारा बाँकेमा वित्तीय साक्षरता कार्यक्रम सन्चालन


नेपालगन्ज :  डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेडलेले बाँके बैजनाथ गाउँपालिका ६ चाँदनीचोकस्थित शाखा कार्यालयमा साक्षरता सम्बन्धित गोष्ठी आयोजना गरेको छ । केन्द्रीय कार्यालय नारायगडको आयोजनामा उक्त साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।
मुख्य कार्यालय नारायागडका तालिम विभाग प्रमुख बुद्धिराज घिमिरेको नेतृत्वमा सम्पन्न केन्द्रप्रमुख वित्तीय साक्षरता गोष्ठिमा प्रदेश नं ५ का प्रदेश प्रमुख जमिरी राययादव सहभागीता रहेको थियो । वित्तीय साक्षरता गोष्ठीमा डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेडले संचालन गरेका पद्धतिहरु, बचत तथा कर्जा सेवाहरु (बचत, कर्जा, वीमा, रेमिटेन्स, ग्राहक सुरक्षा तथा अन्य सेवाहरु आदि) तथा संस्थाको हालको अवस्था बारेमा छलफल, लद्युवित्त कार्यक्रमले समाजमा पारेको सकारात्मक प्रभाव, दोहोरोपना तथा अधिक कर्जाले सदस्यहरुमा पार्न सक्ने नकारात्मक प्रभाव, वित्तीय शिक्षाको महत्व, लद्युवित्तका अवसर र चुनौतीहरु बारेमा छलफल गरी सहभागी केन्द्र प्रमुखहरुको जिज्ञासाहरु तथा सुझावहरु संकलन गरिएको थियो ।


कार्यक्रममा सहभागी केन्द्र प्रमुखहरुले आफ्ना सफलताका कथाहरु, ल३ुवित्त संस्थाहरुको दोहोरोपनाले पार्न सक्ने नकारात्मक प्रभाव, संस्थाले चाल्नु पर्ने कदमहरुबारेमा आफ्ना भनाईहरु राखेका थिए । उक्त कार्यक्रममा असल केन्द्रका गुणहरु, केन्द्र प्रमुखहरुको भुमिका, बचतको महत्व, कर्जा लगानीमा सदस्यहरुले पु¥याउनु पर्ने सावधानी बारेमा छलफल गरी सहभागीहरुबाट उठेका जिज्ञासा तथा समस्याहरुको समाधानका उपायका बारेमा प्रशिक्षण दिईएको थियो ।
उक्त कार्यक्रममा शाखा कार्यालयहरुका केन्द्रहरु मध्ये सर्वोत्कृष्ठ हुने प्रतिशाखा घ (प्रथम, द्धितीय र तृतीय) हुने केन्द्रहरु र २०७४ को एसईई मा सर्वाेत्कृष्ट अंक ल्याउने सदस्यका छोरा छोरीहरु मध्ये केन्द्र नंं. ४ की सदस्य रुपसरी सुनारको छोरा गणेश सुनारलाई प्रसंसापत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।


सदस्य सरस्वती शाहीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा का.स. चेतमान बोहोराले कार्यक्रम सञ्चालन, शाखा प्रबन्धक उद्धव प्रसाद देवकोटा स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमा ६६ जना केन्द्र प्रमुख, शाखा कार्यालयका सबै कर्मचारीहरु तथा यस क्षेत्रमा स्थानिय क्षेत्रबाट छनौंट गरिएका ४ प्रशिक्षार्थीाहरुलाई समेत सहभागी गराईएको थियो ।
शाखा कार्यालयको झलक
सदस्य संख्या ः १५४२
बचत संकलन ः १ करोड ५४ लाख
कर्जा लगानीमा रहिरहेको बांकी सांवा छ करोड २४ लाख

प्रकाशित मितिः     ३० फाल्गुन २०७५, बिहीबार १६:१०  |