यामाहा एक्सटीजी १२५ : अफरोड यात्रामा उपयुक्त विकल्प


यामाहा एक्सटीजी १२५ : अफरोड यात्रामा उपयुक्त विकल्प

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरका आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले हालै एक्सटीजी१२५ मोटरसाइकल सार्वजनिक गरेको छ । यामाहाका अफरोड बाइक एकदमै कम उत्पादन भइरहको बेला कम्पनीले उक्त बाइक सार्वजनिक गरेको हो ।

‘मेक योर राइड’ अर्थात् ‘आफ्नो बाटो आफै बनाउनुहोस्’ नारासहित कम्पनीले एक्सटीजी१२५ सार्वजनिक गरेको हो । यामाहाले नाडा अटो शो २०१८ मा शोकेस गरेकोमा बाइकको विक्री भने गत हप्तादेखि मात्र शुरू गरेको छ । नेपालमा अफरोड बाइकिङका लागि यो उत्पादन सबैभन्दा उत्तम विकल्प हुने कम्पनीले दाबी गरेको छ ।

मोटरसाइकलमा १२५ सीसी डिस्प्लेसमेन्टको फोर स्ट्रोक एयर कुल्ड एसओएचसी इन्जिन प्रयोग गरिएको छ, जसले ७५०० आरपीएममा १० दशमलव २ पीएस अधिकतम पावर र ५५०० आरपीएममा ९ दशमलव ९ अधिकतम टर्क उत्पादन गर्ने बताइएको छ । ५ स्पीड गियरबक्स रहेको यस बाइकमा एयर कलिङ सिस्टमका साथै विद्युतीय र किक दुवै विकल्पमा स्टार्ट विकल्प छ । अफरोड यात्रालाई थप मनोरञ्जनात्मक बनाउन बाइकमा १० दशमलव ६ लिटरको इन्धन ट्यांक राखिएको छ । यसको अगाडि २१ इन्च र पछाडि १८ इन्चको चक्का राखिएको छ । यात्रा आरामदायी बनाउन दुवै चक्कामा स्पोक एरेन्जमेन्ट जडान गरिएको छ । बाइकको अगाडि टेलिस्कोपिक सस्पेन्शन, पछाडि मानोक्रस सस्पेन्शन र सीट उचाइ ८४० एमएम छ ।


एक्सटीजी१२५ मा सेमीरग्ड टायर, हेलोजिन हेडल्याम्प, फ्रन्ट डिस्क ब्रेक र स्पोर्टी ग्राफिक्ससहितको प्लास्टिक प्यानल छन् । साथै यसमा अन्डरसाइड कभर पनि छ, जसले इन्जिनलाई बाह्य क्षति हुनबाट बचाउँछ । चालकको सहजताका लागि यसमा स्पिडोमिटर र ट्रिप मिटरसहितको इन्स्ट्य्रुमेन्ट प्यानल, चौडा र बाक्लो सीट र पछाडि कार्गो बक्स तथा अन्य सामान बोक्न मिल्नेगरी बलियो क्यारियर पनि जडान गरिएको छ । नीलो, कालो र सेतो गरी तीन रङमा उपलब्ध यो मोटरसाइकलको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मितिः     १ चैत्र २०७५, शुक्रबार ०९:०५  |
error: Content is protected !!