अब निजी प्रकाशन गृहका पुस्तकमा छुट नपाइने


बाँके :  पुस्तक किन्दा अब छुट नपाईने भएको छ । पाठ््यक्रम विकास केन्द्रले निजी प्रकाशनका पाठ्यपुस्तकको मूल्य निर्धारण गरेकाले अब पुस्तक खरिदमा छुट नपाइने पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेकी प्रथम उपाध्यक्ष मन्दिरा पाण्डेले जानकारी दिईन ।
‘सेवाग्राहीले अब अंकित मूल्यमै किताव किन्नुपर्ने छ ।’ प्रथम उपाध्यक्ष पाण्डेले भनिन्–‘ यो बाँकेमा मात्र नभई देशभर लागु भएको छ ।’

पुस्तक प्रकाशन गृहबीच रहेको अस्वस्थ्य प्रतिस्पर्धा हटाउन नयाँ नियम लागु गरिएको हो । सेवाग्राहीले अंकित मूल्यमै पुस्तक किन्नुपरेपनि महङ्गो भने नहुने वातावरण सिर्जना गरिने पाण्डेले बताईन । निजी प्रकाशनले बोर्डिङ्ग, कलेज लगायत लोकसेवा सम्बन्धित किताव, साहित्यीक किताव प्रकाशन गर्दै आएका छन् । नयाँ निर्णयले बोर्डिग र कलेजका बिद्यार्थी प्रभावित हुने छन् ।

प्रकाशित मितिः     १ चैत्र २०७५, शुक्रबार १६:१६  |