बैश्य समाजका महिलाको आयोजनामा फुड फेयर


नेपालगन्ज : कौशधन बैश्य समाज महिला मन्चले शुक्रबार नेपालगन्जमा फुड फेयरको आयोजना गरेको छ । उक्त समाजमा प्रचलनमा रहेका परिकार तथा हस्तकलाका सामाग्री प्रदर्शन गरिएको थियो ।
नेपाल उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज उद्योग वाणिज्य संघकी पूर्व उपमहासचिव रचना श्रेष्ठ, कार्यसमिति सदस्य रमारानी बैश्य लगायतको सहभागिता रहेको थियो ।


कौशधन बैश्य समाज महिला मन्चकी अध्यक्ष संगिता बैश्यले बैश्य समाजमा प्रचलनमा रहेका खानाका परिकार र हस्तकलाका सामाग्रीहरुको प्रर्बधनका लागि फुड फियर आयोजना गरिएको बताईन ।

प्रकाशित मितिः     १ चैत्र २०७५, शुक्रबार २१:११  |